खेल रिपोर्टिङलाई सहज बनाउन  पत्रकारलाई अभिमुखीकरण

सुर्खेत, १७ कार्तिक । 

कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार तथा खेलकुदसम्बन्धी समाचार सम्प्रेषणलाई सहज बनाउन पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । 

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वय र राष्ट्रिय खेलकुद परिषद् प्रचारप्रसार उपसमितिको आयोजनामा मंगलबार खेलकुद रिपोर्टिङसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा ३५ भन्दा बढी पत्रकार सहभागी थिए । कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । 

राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीको प्रतिष्ठासँग जोडिएको विषय भएकाले यसको सफल आयोजनाका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताको ३० दिने काउन्टडाउन सुरु गरेर तयारीलाई व्यापक बनाइएको बताए । 

प्रतियोगिता नजिकिँदै गर्दा आवश्यक तयारी र प्रचारप्रसारका गतिविधिलाई तीव्रता दिइएको उनको भनाइ थियो । त्यस्तै, १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खुम्बुले प्रतियोगितालाई भव्य र सभ्य बनाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताइन् । 

प्रतियोगिताको तयारी तीव्र भइरहेको उल्लेख गर्दै उनले प्रचार प्रसारलाई प्रभावकारी बनाउन सञ्चारकर्मीलाई अभिमुखीकरण गरिएको जानकारी दिइन् । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजक संघीय सरकार र सहआयोजक कर्णाली प्रदेश सरकार रहेका छन् । 

प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा सञ्चालन हुँदैछ । अभिमुखीकरणमा कोसराज दाहाल, यलु जोसी र पवन आचार्यले प्रशिक्षण दिएका थिए । खेलकुदसम्बन्धी समाचार संकलन, लेखन तथा सम्प्रेषणमा पत्रकारलाई सहज बनाउनु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

खेल रिपोर्टिङलाई सहज बनाउन   पत्रकारलाई अभिमुखीकरण

प्रधानमन्त्री उद्धार कोषमा १८ अर्ब जम्मा, १७

खेल रिपोर्टिङलाई सहज बनाउन   पत्रकारलाई अभिमुखीकरण

डोल्पा कारागारबाट फरार  दुई कैदी रुकुम पश्चिममा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!