प्रधानमन्त्री उद्धार कोषमा १८ अर्ब जम्मा, १७ अर्ब अझै खातामै

काठमाडौं, १७ कार्तिक ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कात्तिक १३ गतेसम्म १८ अर्ब ३१ करोड रुपैयाँ जम्मा भएको जनाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार उक्त कोषबाट भदौ १६ गते एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा गरिएको थियो। कोषले स्थानीय तहहरूलाई पैसा दिएको थियो ।  

त्यसबाहेकको रकम सरकारले कतै पनि रकम दिएको छैन । भदौ १० गते भोटेकोशी–त्रिशूली बाढीपछि सर्वसाधारण, संघसंस्था तथा विभिन्न दातृ मुलुक र संस्थाहरूले कोषमा रकम जम्मा गरेका थिए । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङले सबैभन्दा धेरै १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग गरेका थिए ।

बाढीको आठ दिनभित्रै कोषमा १० अर्ब रुपैयाँ जम्मा भएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जनाएका थिए । तर बाढीपीडितका लागि राहत तथा उद्धारमा खर्च गर्न आएको उक्त रकम सरकारले अहिलेसम्म प्रयोग गरेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढीपीडितका नाममा जम्मा भएको रकम खर्च नभएको र सरकारले घटना बिर्सिएको आरोप लगाएको छ । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सभामुखसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारको आलोचना गरेका हुन् ।

‘भोटेकोशी बाढीलाई राज्यले एकादेशको कथाजस्तै बनाइदिएको छ,’ आङदेम्बेले भने, ‘यत्रो धेरै सहयोग जुटेको छ । त्यसको कहाँ र कसरी सदुपयोग भयो, कसैलाई थाहा छैन । पीडितहरूले बसोबासका लागि १५ हजार रुपैयाँ पाउने भनिए पनि अहिलेसम्म पाएका छैनन् ।’ कांग्रेसले संसद् बैठक चाँडै बोलाउन पनि माग गरेको छ ।

प्रधानमन्त्री उद्धार कोषमा १८ अर्ब जम्मा, १७ अर्ब अझै खातामै

खेल रिपोर्टिङलाई सहज बनाउन  पत्रकारलाई अभिमुखीकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!