घुयँत्राे:“ठेकेदार अमेरिका, नेता फेसबुकमा व्यस्तः बाटो भने अझै प्रतीक्षामा”
हैन याे सुर्खेत तेलपानी हुँदै बर्दिया जाने सडक कुन पाटिका उमेदवारले बनाउने भए कतै सुन्नमा आएन त ! पैलेका काँग्रेसका उमेदवार थानि जीले सारा संसार धाउनु भाे त्याे बाटाे बनाउँछु भनेर तर कुनै पनि पाटिकाे सरकारले टेरेन । रानीघाटकाे भेरी नदिमा पुलबनाउन कस्सिएका ठेकेदारले फाईदा नहुने देखेछि ठेक्कै छाेडेर अमेरिकातिर हान्निए । ठेक्काँ फाईदै नहुने देखेछि ठेकेदारनि के गरून् मर्नु भन्दा बहुलाउन निकाे भन्याझैँ देशै छाेडेर भागे । बिचरा बाटोका लागि जाेत्तिएका सांसद जनतालाई काम गर्दैछु है भनेर सडकका चिठिपत्र फेसबुकाँ हालेर लाईक र कमेन्ट गर्ने काममात्रै भाे तर बाटाे कन्स्ट्रक्सनकाे काम भएन त्यसैलेनि बाँके र बर्दियाकाे लागि वैकल्पिक सडक मार्ग विगत गाेडा पन्द्रेक बर्षदेखि ट्वाँ परेर बस्याछ । अब त सायद पुराना दलका घाेषणाँ पत्राँ याे बाटो बनाउने कुरा विर्सेरनि लेखिन्न हाेला । नयाँ दललाई त्यतातिराट बनाउन ला बाटाे अलपत्रछ भन्ने कुरा थाहै छैन हाेला । थाहै भएनि उनरकाे नीति ऐल्यै बनाउने भनेर बाचाबन्धन गर्ने छैन । चुनाब जिते गर्ने नजिते के काे कनकन ।त्यसैले याे बाटाे अबका ५ बर्षसम्म बन्ने आशापनि कतै रहेन । याे पटककाे चुनाब त बनाउने कुरा गर्नेले भन्दानि भत्काउने र डढाएर खरानी बनाउनेले जित्लान जस्ताेछ । जनता विकास विकास भन्दै चिच्याउने, दलहरु चाइँ बिनास बिनास भन्दै आगजनि र ताेठफाेडाँ लागे भने के काे विकास अनि के काे सडक र पुलपुलेसा ? सबै अठ जाने त हाेलाननि ! हुनत याे चुनाउ राजनीतिक प्रकृयाँ भा चुनाउ हैन । जेनजीले गर्या डाङडुङकाे परिणामस्वरुप आ चुनाब त हाे । त्यै ड्याङडुङका भराँआ चुनाबले गर्दा कुनैदल चुनाबकाे पक्षाँ छन भने कुनै दल अदालतले संसद व्युँताईद्याभा आनन्दै हुन्थ्याे भनेर चुनाबसुनाब हटाओ बबाल भनेर लाग्या छन । जेनजीका दुष्मन भनम्कि भष्टाचारका नाईके भनम् ३ दले नेता प्रचण्ड ,ओलि र देउबाकाे साेमबारमात्रै ठूलै वार्ताभाे भन्दैछन । वार्ताँ ओलि र प्रचण्डलाई जिताउने खेलभाे कि चुनाबै नगरेर फेरि नेता बन्ने गमस्ता भाे ऐलेसम्मभित्रि कुरा खासै खुल्याछैन । तर यी तीन्टा एकै ठाँ भएर केई गर्ने हर्कत गर्ने गर्या हुन भने अन्तिम अबस्था आएर चुनाब नहुननि सक्छ है ।
खासमा देउबा पाटिबाट टिकटै नपाएर सडकछाप बन्न पुग्या बेला ओलि र प्रचण्डले नि चुनाब जित्न नसक्ने अबस्था देख्खिएछि तीनै जना सडकाँ आउनु भन्दा केई न केई गरेर देखाउन पराे भनेर लाग्यानि हुन सक्छन । यीनरका हाताट नि खासै राम्रो परिणाम त केई आउने हैन लाष्ट आवराँ कतै वितण्डा मच्चाएर ” शान्ति र अमनचयन बिना चुनाब हुन्न” भनेर चुनाब भाँडननि बेर छैन । त्यसैले पनि यी विकास निर्माणका कामनि न गर्छु भनेर गरिने वालानि छैनन् त्यसैले झुटाे आश्वासन नबाँडेकै ठिक भाे हैन र ! हुनत गगनले देउबालाई छक्याएझैँ ओलि र प्रचण्डले नि बाईर बाईर चुनाब नगर्ने कुरा गर्ने चुनाब हुँदा दिन खुसुक्क गएर ओलि र प्रचण्डले चुनाबाँ हाम फाल्ननि सक्छन । त्यसैले अबको नेपालकाे राजनीति नत दलका लागि नत जेनजीका लागि कसैका लागि नि फलिफाप हाेलाजस्ताे छैन । त्यसैले नेपाली जनताका लागि याे चुनाउ ” बेल पाक्याे कागलाई हर्ष न विस्माथ” भन्या जस्तै हाे ।





