यस वर्षको एसईई परीक्षा आजबाट कर्णालीका ३८ हजार विद्यार्थी सहभागी हुँदै: तीन दिनभित्र उत्तरपुस्तिका जाँच, एक महिनाभित्र नतिजा सार्वजनिक हुने

ओम शाही

सुर्खेत, १९ चैत । 

यस वर्षको माध्यमिक क्षिक्षा परीक्षा (एसईई) आज (बिहिबार) बाट हुँदैछ । चैत पहिलो साता तय भएको कक्षा १० को वार्षिक परीक्षा २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका कारण सरेको थियो । २३–२३ भदौको जेन–जी आन्दोलपछि उत्पन्न राजनीतिक गतिरोधलाई निकास दिन पूर्वप्रधानन्यायधिश सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनमा निर्वाचनको मिति तय गरेको थियो ।

उच्च शिक्षाको ढोका खोल्ने तहको रुपमा लिइने एसईई परीक्षामा यस वर्ष कर्णालीका १० जिल्लाबाट ३८ हजार तीन सय ७९ विद्यार्थी सहभागी हुँदैछन् । गत वर्ष कर्णालीबाट ३७ हजार नौ सय ११ विद्यार्थीले एसईई दिएका थिए भने अघिल्लो वर्ष २०८१ मा ३८ हजार नौ सय ७० र २०८० मा ३५ हजार आठ सय आठ विद्यार्थी एसईई परीक्षमा सहभागी भएको तथ्यांक छ । यो तथ्यांकले कर्णालीमा एसईई दिने विद्यार्थीको संख्या केही बढेको देखिन्छ ।

शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभर एक सय ६१ परीक्षा केन्द्रहरु निर्धाण गरिएका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखाका प्रमुखसमेत रहेका सूचना अधिकारी खिमप्रसाद ढकालले परीक्षाका सबै तयारी पुरा भएको जानरकारी दिए । उनका अनुसार परीक्षामा खटिने सम्पूर्ण जनशक्तिसहित प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेका छन् ।

उनले यस वर्ष कर्णालीबाट नियमिततर्फ ३२ हजार दुई सय ५५ र ग्रेडवृद्धितर्फ ६ हजार एक सय २६ विद्यार्थीले इसईई परीक्षा दिन लागेको बताए । शिक्षा विकास निर्देशनालयले उपलब्ध गराएको जिल्लागत परीक्षार्थीको तथ्यांक अनुसार सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट छन् । प्रदेश राजधानी भएकै कारण राम्रो शिक्षा पाइने आशाले सुर्खेतमा एसईईमा मात्र होइन अन्य तहका परीक्षामा समेत विद्यार्थीको चाप धेरै हुने गर्दछ ।

तथ्यांक अनुसार सुर्खेतमा ३४ परीक्षा केन्द्रबाट नौ हजार सात सय ७९ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जसमा नियमिततर्फ सात हजार दुई सय ९४ र ग्रेडवृद्धितर्फ दुई हजार चार सय ८५ विद्यार्थी छन् । त्यस्तै, दैलेखमा २२ परीक्षा केन्द्र तोकिएका छन् । ६ हजार दुई सय ५३ विद्यार्थी रहेको दैलेखमा नियमिततर्फ चार हजार दुई ४७ र ग्रेडवृद्धितर्फ दुई हजार ६ जनाले परीक्षा दिँदैछन् । जाजरकोटका १६ परीक्षा केन्द्रबाट चार हजार आठ सय १३ विद्यार्थी एसईईमा सहभागी हुनेछन् । जसमा नियमिततर्फ चार हजार ६ सय आठ र ग्रेडवृद्धितर्फ दुई सय पाँच विद्यार्थी छन् ।

यस वर्षको एसईई परीक्षामा सबैभन्दा कम विद्यार्थी डोल्पाबाट सहभागी हुँदैछन् । डोल्पाका चार परीक्षा केन्द्रबाट नियमिततर्फ ६ सय ३४ र ग्रेड वृद्धितर्फ ४० गरी कुल ६ सय ७४ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । मुगुमा नौ परीक्षा केन्द्रबाट एक हजार पाँच सय २४ विद्यार्थीले एसईई दिदैछन् । जसमा नियमिततर्फ एक हजार चार सय ७१ र ग्रेडवृद्धितर्फ ५३ जना विद्यार्थी छन् ।

त्यस्तै, जुम्लाका १४ परीक्षा केन्द्रबाट नियमिततर्फ दुई हजार एक सय ३३ र ग्रेडवृद्धितर्फ एक सय २२ गरी कुल दुई हजार दुई सय ५५ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदा हुम्लाका ७ परीक्षा केन्द्रबाट एक हजार तीन सय विद्यार्थीले परीक्षा दिनेछन् । जसमा नियमिततर्फ नौ सय ९७ जना र ग्रेडवृद्धितर्फ तीन सय तीन विद्यार्थी रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । त्यस्तै, सल्यानका १९ परीक्षा केन्द्रबाट चार हजार एक सय ४२ विद्यार्थीले परीक्षा दिनेछन् । जसमा नियमिततर्फ चार हजार ५६ र ग्रेडवृद्धितर्फ ८६ विद्यार्थी छन् ।

रुकुमपश्चिममा १६ परीक्षा केन्द्र तोकिएको छ । यी परीक्षा केन्द्रबाट नियमिततर्फ तीन हजार सात सय ७७ र ग्रेडवृद्धितर्फ एक सय ४५ गरी कुल तीन हजार नौ सय २२ विद्यार्थीले एसईई दिदैछन् । यस्तै, कालीकोटका २० परीक्षा केन्द्रबाट नियमित तर्फ तीन हजार ३८ र ग्रेडवृद्धितर्फ ६ सय ७९ गरी कुल तीन हजार सात सय १७ विद्यार्थी परीक्षामा सामेल हुने जनाइएको छ ।

तीन दिनभित्र उत्तरपुस्तिका जाँच हुने 

सरकारले यस वर्षको एसईई परीक्षाको उत्तर पुस्तिका देशभरका परीक्षा केन्द्रमै गराउने गरी तयारी थालको छ । त्यो पनि तीन दिनभित्रै । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा सचिव चुणामणि पौडेलले बताए ।

उनले भने, ‘यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ । केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था आएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा ल्याएर परीक्षण गराउन सकिन्छ ।’ उत्तरपुस्तिका परीक्षा सेन्टरमै परीक्षण गराउने कि इकाईमा ल्याएर परीक्षण गर्ने विषयमा सम्बन्धित इकाईलाई नै निर्णय गर्ने अधिकार दिइएको बोर्डले जनाएको छ ।

(उत्तरपुस्तिका परीक्षण सकिएपछि इकाईले विद्यार्थीको प्राप्ताङ्क बोर्डमा पठाउने निर्णय गरिएको छ । त्यसपछि विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गरेर नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय भएको उनले बताए । उक्त कार्यतालिकाअनुसार वैशाख मसान्तसम्म एसईईको नतिजा प्रकाशन हुनेछ ।

देशभर एक हजार नौ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । अघिल्ला वर्षहरूमा केन्द्रबाट उत्तरपुस्तिका इकाईले संकलन गरी अन्तर जिल्ला र प्रदेशमा परीक्षण गर्ने गरिएको थियो । कुन परीक्षा केन्द्रको उत्तरपुस्तिका कहाँ परीक्षण हुने विषय गोप्य रहने गरेको थियो । त्यसो गर्दा नतिजा प्रकाशन गर्न औसतमा साढे दुई महिनाभन्दा बढी समय लाग्थ्यो । तर यसपटक शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रै नतिजा प्रकाशन गर्न निर्देशन दिएपछि बोर्डले परीक्षा सेन्टरमा नै उत्तरपुस्तिका परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।

यस वर्षको एसईई परीक्षा आजबाट  कर्णालीका ३८ हजार विद्यार्थी सहभागी हुँदै:  तीन दिनभित्र उत्तरपुस्तिका जाँच, एक महिनाभित्र नतिजा सार्वजनिक हुने

महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *