सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री

साउन १५, २०८२

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ का अवसरमा नेपाली समाजमा खीरजस्तै मिठास फैलियोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले खीर खाने परम्परागत पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकता झल्काउने उल्लेख गर्नुभएको छ।
उहाँले रोपाइँ सकेर पूर्वजहरूले सुरु गरेको परम्परा र पशुपालन संस्कृतिसँग साउन १५ को गहिरो सम्बन्ध रहेको स्मरण गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ। जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५ ! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्!”

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री

साउन १५ः खीर खाएर मनाइँदै

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री

घुँयत्राे : बा (केपि ओलि) काे कार्यकाल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds