स्राेत केन्द्र बढाउन जुम्लाको चाेत्र गाउँमा चाैरी वितरण
गाेल्डेन बुढा
जुम्ला,१६ असार।
जुम्लाका कृषकलाई चौँरी गाई वितरण गरिएको छ।जुम्लाकाे गुठिचाैर गाउँपालिका -१ चाेत्रगाँउका कृषकलाई वितरण गरिएको हो।पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार ४० वटा चौँरी खरिद गरी हिमाली हिल्सा चाैरी पकेट समुहलाई वितरण गरिएको हो। जुम्लाका समन्वय प्रमुख गाैरीनन्द आचार्य, कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम अधिकारी र सम्बन्धित वडा अध्यक्ष अर्जुनकुमार महताराकाे उपस्थितिमा पकेट समुहका अध्यक्ष तिला बहादुर महतारालाई वितरण गरिएको थियोे।जसमध्ये ३७ वटा प्रजनन याेग्य नाक चाैरी (माउ) र ३ वटा याक चाैरी (भाले) वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।चौँरीको दूधका मात्रामा उत्पादन गराई आयले गरिब किसानको जीविकोपार्जनमा सरलता ल्याउने चाैरी पालन स्राेत केन्द्र बढाउने उद्देश्य छ। उक्त गाउँमै ६४ घरधुरी बसाेबास छ।भने १ हजार ६ सय चाैरी पालिएका छन्। चाेत्र गाउँ चाैरी पालनका हिसाबले संभावना र उपयुक्त मानिन्छ।चाैरी पाएपछि स्थानीय खुसी छन्।छिमेकी जिल्ला डाेल्पाकाे भालु व्यावसायिक चाैर फर्मबाट चौँरी खरिद गरिएको बताइएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका नायब प्राविधिक सहाय विमला काफ्लेका अनुसार प्रति नाक चाैरी (माउ)काे ७० हजार र वटा याक चाैरी (भाले) काे ८५ हजार रुपैयाँ गरि कुल २८ लाख ५५ हजार रूपैयाँ बराबरको चौँरी खरिद गरिएको हो।उनलेे भनिन्´ उनिहरु संगै २२ वटा बाछाबाछी छन्।कर्णाली प्रदेशकाेपालिकाहरुकाे साझेदारी तथा समन्वयमा पशुपन्छी उत्पादन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत वितरण गरिएको थियोे। तीन वर्षे कार्यक्रम हो।तीस लाख बजेट हो।जसमा १५ लाख रुपैयाँ पशु कार्यालय र १५ लाख रुपैयाँ स्वयंम हिमाली हिल्सा चाैरी पकेट समुह लगानी छ।जुम्लाको गुठिचाैर गाउँपालिका-१ चाेत्र गाउँमा चाैरी पालन गर्न उपयुुक्त राम्रो वातावरण भएको र सो वडालाई पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि पनि उक्त याक वितरण गरिएको प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए। उक्त गाउँमा गतवर्ष १९ वटा नाक (माउ) र १ याक चाैरी (भाले) वितरण गरिएको थियोे।प्रति नाक (माउ) ६५ हजार रुपैयाँ र याक चाैरी (भाले)७० हजार रुपैयाँ खरिद गरिएको थियो।१४ लाख बजेट थियोे।जसमध्ये ७ लाख पशु कार्यालयकाे, ३ लाख ८५ हजार समुहको र तीन लाख १५ हजार रुपैयाँ वडाको सहयोग थियोे।
[30/06, 11:55 am] +977 986-8324088: माओवादी केन्द्र जुम्लाका तिनै समिति विपत तथा उद्दारमा लाग्ने निर्णय
गाेल्डेन बुढा जुम्ला,
असार १६ गते।
बर्षा लाग्दै गर्दा परि आउन सक्ने बिपतलाई मध् नजर गरेर नेकपा माओवादी केन्द्रले आफ्ना समितिलाई विपत तथा उद्दारमा लगाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र जुम्लाको जिल्ला समितिको वैठकले जिल्ला स्तरमा अध्यक्ष नवराज न्यौपाने सहितको समिति, गाउँपालिका स्तरमा पालिका स्तरमा अध्यक्ष सहितको वडा समिति, र वडा पालिकामा वडाअध्यक्ष सहितको समितिले विपत आईलागेमा उद्दारमा लाग्ने निर्णय गरेको छ ।नेकपा माओवादी केन्द्रका जिल्ला सचिव नविन शर्माका अनुसार पार्टीले असार २५ गते सम्म गाउँपालिका स्तरमा हेल्प डेक्स राखेर गाउँपालिकामा शुसासनका विषयमा अवलोकन गर्ने निर्णय गर्ने भएको छ । यसैगरी पार्टीको वैठकले तातोपानी गाउँपालिका ४ निवासी सहिद पशुपति डाँगी (पौरखी ) का वुवा चक्र डाँगीको २०८२ साल असार ६ गते निधन भएकाले शोक प्रस्ताव गरिएको बताए।अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य गोमा गौतम कुँवरको प्रमुख आथित्यतामा बसेको बैठकमा गाउँपालिका स्तरका अध्यक्ष, ईन्चार्ज तथा जनबर्गिय संगठनका प्रमुखले भएका कामको प्रतिवेदन प्रस्तुत गरेका छ्न । वैठकमा पार्टी मजवुद्ध तथा २०८४ को निर्वाचनमा कसरी निर्वाचित गराउने भन्ने विषयमा जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरुबाट सूझाव दिईएको छ ।





