माओवादी केन्द्र जुम्लाका तिनै समिति विपत तथा उद्दारमा लाग्ने निर्णय

गाेल्डेन बुढा
जुम्ला,१६ असार।
बर्षा लाग्दै गर्दा परि आउन सक्ने बिपतलाई मध् नजर गरेर नेकपा माओवादी केन्द्रले आफ्ना समितिलाई विपत तथा उद्दारमा लगाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र जुम्लाको जिल्ला समितिको वैठकले जिल्ला स्तरमा अध्यक्ष नवराज न्यौपाने सहितको समिति, गाउँपालिका स्तरमा पालिका स्तरमा अध्यक्ष सहितको वडा समिति, र वडा पालिकामा वडाअध्यक्ष सहितको समितिले विपत आईलागेमा उद्दारमा लाग्ने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला सचिव नविन शर्माका अनुसार पार्टीले असार २५ गते सम्म गाउँपालिका स्तरमा हेल्प डेक्स राखेर गाउँपालिकामा शुसासनका विषयमा अवलोकन गर्ने निर्णय गर्ने भएको छ । यसैगरी पार्टीको वैठकले तातोपानी गाउँपालिका ४ निवासी सहिद पशुपति डाँगी (पौरखी ) का वुवा चक्र डाँगीको २०८२ साल असार ६ गते निधन भएकाले शोक प्रस्ताव गरिएको बताए।अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य गोमा गौतम कुँवरको प्रमुख आथित्यतामा बसेको बैठकमा गाउँपालिका स्तरका अध्यक्ष, ईन्चार्ज तथा जनबर्गिय संगठनका प्रमुखले भएका कामको प्रतिवेदन प्रस्तुत गरेका छ्न ।
वैठकमा पार्टी मजवुद्ध तथा २०८४ को निर्वाचनमा कसरी निर्वाचित गराउने भन्ने विषयमा जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरुबाट सूझाव दिईएको छ ।






