सम्पादकीय : कर्णाली कोरिडोरलाई गति देऊ

कुनै समय थुप्रै डकुमेन्ट्री फिल्म, गीत, उखान टुक्का, सामान्य ज्ञानमा सडक नपुगेको जिल्ला कुन हो ? भन्ने प्रश्नमा उत्तर हुन्थ्यो, हुम्ला । देशले सडक पूर्वाधारमा फड्को मार्दा आफ्नै देशभित्रको भुगोलसँगको दुरीमा निकै टाढा रहेको हुम्ला भने अब अपवादमा परिणत भएको छ । कठिन भूगोलका कारण राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला अब भने स्थलमार्गसँग जोडिएको छ । हवाई सेवामा निर्भर हुम्लाको यातायात अब सडकसँग जोडिएको छ ।

हुम्लालाई सडक सञ्जालसँग जोड्न झण्डै दुई दशक यता भइरहेको प्रयासले अन्ततः मुर्तरुप लिएको हो । हुम्लालाई सडक सञ्जालसँग जोड्न दशक अघि थालिएको कर्णाली कोरिडोरले हम्लालाई राष्ट्रिय सडक सञ्जालमा गोलबद्ध गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पु हुँदै बग्ने चुवाखोला कर्णाली नदीमाथी बेलिब्रिज निर्माण कार्य पुरा भएपछि हुम्ला सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएको हो ।

नेपाली सेनाले कर्णाली नदीमाथी बेलिब्रिज निर्माण गरेपछि स्थलमार्ग हुँदै हुम्ला सदरमुकाम सडक सञ्जालमा जोडिएको हो । १६ पुस २०८१ को मन्त्रिपरिषद् बैठकले चुवाखोला कर्णाली नदीमा बेलिब्रिज बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । यो बेलिब्रिजले सिमकोटलाई मात्रै नभई उत्तरी छिमेकी चीनलाई समेत जोड्नेछ । कर्णाली करिडोर हुम्ला सदरमुकाम सिमकोट हुँदै चीनको सिमाना हिल्सासम्म पुग्छ ।

सिमकोटदेखि हिल्सासम्म यातायातका साधन चल्दै आएपनि चुवाखोलामा पुल नहुँदा कर्णाली करिडोरले पूर्णता पाउन सकेको थिएन । हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै त्रिदेशीय सडक सञ्जाल छिचोलिएको छ । कर्णाली कोरिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । कर्णाली कोरिडोरलाई नेपालले मात्रै होइन, चीनले पनि प्राथमिकतामा राख्दै आएको छ ।

१९ मंसिर २०८१ मा नेपाल र चीन सरकारबीच बीआरआई परियोजनाअन्तर्गत भएका १० वटा परियोजना सम्झौताको सूचीमा हिल्सा–सिमकोट सडक पनि परेको छ । यसरी हेर्दा चीनले पनि हिल्साबाट कर्णाली छिर्ने प्रयास गरेको देखिन्छ । हिल्सादेखि सिमकोट हुँदै वीरेन्द्रनगर तिब्बत ओर्लिएमा त्यहाँबाट रुपैडिया पुग्न पनि नजिक पर्छ । खासमा नेपाल हुँदै भारतीय बजार प्रवेश गर्न चीनका लागि छोटो दूरी यही मार्ग हुने देखिन्छ ।

सात प्रदेशमध्ये भारतसँग सीमा नजोडिएको कर्णाली प्रदेश यही योजनाअनुसार त्रिदेशीय व्यापारिक हब बन्न सक्ने विश्लेषण भइरहेको छ । भारतसँगको सिमाना लुम्बिनी प्रदेशको बाँकेअन्तर्गत जमुनाहदेखि चीनसँगको सिमाना हिल्सासम्मको सडकको दूरी ५ सय ५ किलोमिटर पर्दछ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालीकोट, सुदूरपश्चिमको बाजुरा, हुम्ला सदरमुकाम सिमकोटहुँदै चीनको सीमा क्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हिल्सा पुग्न चार सय १९ किलोमिटर पार गर्नुपर्ने हुन्छ ।

कर्णाली कोरिडोर कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि सुरु हुन्छ । सुदूरपश्चिमको बाजुरा भएर हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरको छिमेकी चीन जोड्ने यो सडकको बाँकी खण्डमा यातायातका साधन सञ्चालन भइरहेका छन् । हुम्ला सदरमुकाम सिमकोटदेखि चीनको सिमाना हिल्सासम्म र कर्णाली कोरिडोरको बाँकी खण्डमा पनि यातायातका साधन चलिरहेका छन् । कर्णाली कोरिडोर कर्णालीको मात्रै नभई देशकै आर्थिक कोरिडोर हो । दुई दशक अघिदेखि निर्माण थालिएको कर्णाली कोरिडोरको पूर्णता देशकै लागि अपरिहार्य छ । यसर्थ, कर्णाली कोरिडोर स्तरोन्तीमा ढिलाई गरिनु हुँदैन ।

सम्पादकीय : कर्णाली कोरिडोरलाई गति देऊ

बाँकेमा धान रोपिरहेको खेतमा चट्याङ लागेर एक

सम्पादकीय : कर्णाली कोरिडोरलाई गति देऊ

माओवादी केन्द्र जुम्लाका तिनै समिति विपत तथा

Leave a comment

Your email address will not be published. Required fields are marked *