बाँकेमा धान रोपिरहेको खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु

बाँके ,१५ असार।

बाँकेमा आइतबार धान रोपिरहेको खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरमा आइतबार दिउँसो धान रोपिरहेको खेतमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको र दुई जना घाइते भएको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ दाङकी ४५ वर्षीया सीता चौधरीको मृत्यु भएको जानकारी दिनुभयो ।

मृतक सीता राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित माइती घरमा धान रोप्नका लागि आएको प्रहरीले जनाएको छ ।

चट्याङमा परी मृतक सीतासहित २४ वर्षीया निर्मला थारु र १५ वर्षीया गरीमा थारु घाइते भएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि स्थानीय राप्ती सोनारी अस्पतालमा लगिएको थियो।

सीताको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो भने अन्य दुई जना घाइतेलाई थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

बाँकेमा धान रोपिरहेको खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु

शिक्षक–विद्यार्थी मिलेर धान रोपाइ : व्यवहारिक कृषि

बाँकेमा धान रोपिरहेको खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु

सम्पादकीय : कर्णाली कोरिडोरलाई गति देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *