लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको पहिलो एल्युमिनियम रड उत्पादन सुरुवात

काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले “लिट्मस २.०” अन्तर्गत एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ ।

नवलपरासीको रामग्राम हकुईमा अवस्थित यस अत्याधुनिक उद्योगले नेपाली बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै त्यसको उत्पादनमा हाम्रो आत्मनिर्भरतालाई समुन्नत बनाउँदै लेजाने विश्वास गरिएको छ ।

यस महत्वपूर्ण उपलब्धिलाई स्मरणीय बनाउन चैत्र १३ गते फरेन्स फ्लेमिङ सेरेमनीकोको आयोजना गरिएको थियो । समारोहलाई प्रमुख अतिथि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, कृष्ण बहादुर राउतले उद्घाटन गरेका थिए ।

हाल नेपालमा तार, केबल र कन्डक्टर निर्माणमा प्रयोग हुने एल्युमिनियम रड आयातमार्फत पूर्ति हुँदै आएको छ । यस प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य रुपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्नेछ ।

आर्थिक पक्षसँगै, यस परियोजनाले उत्पादन, ढुवानी र बिक्री लगायतका क्षेत्रमा सयौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ । लिट्मसले प्राविधिक ज्ञान अभिवृद्धि गर्ने तालिम तथा दक्ष जनशक्ति विकास कार्यक्रम पनि अघि सारेको छ, जसले दीर्घकालीन औद्योगिक विकासमा टेवा पुर्याउनेछ।

नेपालको पहिलो एल्युमिनियम रड उत्पादन कम्पनीको सुरुवात हुनु लिटेमस इन्डस्ट्रिज लिमिटेडको लागि मात्रै नभई देशको समग्र उत्पादन क्षेत्रकै लागि एउटा ठूलो कोशेढुङ्गा र रणनैतिक फड्को हो ।

यस परियोजनाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै देशमा आन्तरिक र बाह्य लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *