पत्रकार महासंघ जाजरकोटको आयोजनामा, धान दिवस सम्पन्न

जाजरकोट ,१५ असार।

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा यस वर्षको २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रुपमा सम्पन्न भएको छ। “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ भेरी नगरपालिका–१, कालेगाउँस्थित खेतमा आयोजित कार्यक्रममा पत्रकार, सुरक्षाकर्मी, सरोकारवाला, स्थानीय किसान तथा विभिन्न निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेकाे थियो ।

सरकारी तहबाट हुने कार्यक्रम यस बर्ष महासंघले आयोजना गरेको महासंघका उपाध्यक्ष बिनाेद घर्तीले बताए । पत्रकार महासंघका उपाध्यक्ष विनोद कुमार घर्तीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो भने महासंघका सल्लाहकार बालकुमार शर्माले कार्यक्रमको औपचारिक जानकारी दिँदै धान दिवसको सन्देशमूलक पक्षको महत्वलाई स्मरण गराए।

शर्माले भने, “यो दिवस केवल रोपाइँको उत्सव होइन, कृषि संस्कृति, खाद्य सुरक्षाको प्रतिवद्धता र स्थानीय उत्पादनलाई आत्मनिर्भर बनाउने अभियान पनि हो। पत्रकार महासंघले यो काम केवल समाचार लेखेरै होइन, प्रत्यक्ष खेतमा पस्ने र किसानसँगै मलिलो माटोमा हात साट्ने माध्यमबाट गरिरहेको छ।”
कार्यक्रममा सहभागी जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधिहरूकाे सहभागीता देखिएको थियो। सबै सहभागीहरू खेतको हिलोमा छ्यापाछ्याप हिँड्दै धान रोपेका थिए । कार्यक्रममा खेतधनी उत्तम बटालाले पत्रकार महासंघप्रति आभार प्रकट गर्दै भने, “हाम्रा खेतहरूमा आज पत्रकार, सुरक्षाकर्मी, सबै आउनुभयो। कार्यक्रमको सुरुमा दही चिउरा सहभागीहरूबीच भोजन गरिएको थियोे ।

पत्रकार महासंघ जाजरकोटको आयोजनामा, धान दिवस सम्पन्न

शिक्षक–विद्यार्थी मिलेर धान रोपाइ : व्यवहारिक कृषि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds