हिल्सा–सिमकोट सडक आयोजनालाई बजेट अभाव


हुम्ला । हिल्सा–सिमकोट सडक आयोजना राष्ट्रिय गौरवको आयोजना भए पनि बजेट अभाव हुने गरेको छ । आयोजनाको सिमकोट कार्यालयले बर्सेनि माग अनुसारको बजेट सरकारले उपलव्ध गराउन नसकेपछि सधैँ बजेट अभाव खेप्नुपरेको हो ।

योजनाअनुसार बजेटको ब्यवस्था पनि हुन सकेको छैन । यी सबै आयोजना सम्पन्न गर्नका लागि एक अर्ब ८२ करोड बजेको दायित्व आयोजनासँग रहेको आयोजनाका योवजना प्रमुख वेलबहादुर नेपालीले बताए । तर चालु आर्थिक वर्षमा गौरवको आयोजना सडकतर्फ ३४ करोड ९९ लाख र पुलतर्फ सात करोड ९० लाख बजेट मात्र निकासा आएको छ । उनले बजेट अभाव कै एउटा पुल र दुई वटा सडकको अन्तिम मुल्याङ्कन भएर पनि बिल उठिसके पनि भुक्तानी दिन नसकिएको बताए ।

त्यसैगरी, खार्पुको पक्की पुलका लागि चालु वर्षमा बीस लाख मात्र बजेट रहेको र त्यो बजेट पनि भुक्तानी भइसकेको कारण बजेट बिनै सो पुल निर्माण कार्य भई रहेको छ । बजेट अभाव बारे विभागसँग कुरा गर्दा लिखित नआउने र मौखिक रुपमा बजेटको समस्या नहुने, कामलाई तिब्रता दिनका लागि मात्र निर्देशन आउने भोगाइ उनको छ ।

जनशक्ति र बजेटको अभाव भएपछि काम गर्नका लागि कर्मचारीलाई कस्तो किसिमको बाताबरण बन्ला उनले उल्टै प्रतिप्रश्न गरे । आयोजनासंग हाल नौ वटा योजना कम्तीमा पनि चौध करोड माथिका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *