दिउँसै चन्दननाथ मन्दिरको दानपेटी भित्रको रकम चाेरी
गाेल्डेन बुढा
जुम्ला,१४ असार।
कर्णालीकाे प्रसिद्ध चन्दननाथ मन्दिरमा राखिएको दानपेटी भित्रको रकम चोरी गरिएको छ। अज्ञात व्यक्तिले बिहीबार दिउँसो २ बजे ४० मिनेटमा चाेरी भएको हो। सुरक्षाकर्मी खाजा खान लागेको माैका छाेपी रुपैयाँ लिएको चन्दननाथ मन्दिर नायब सुब्बा रत्नप्रसाद आचार्यले बताए। उनलेे भने,´दान पेटिका नखाेलेकाे दुई महिना जति भएको थियोे।लगभग १२ हजार बढी रकम थियोे। आचार्यका अनुसार दानपेटि भित्रको केही रकम चोरी भएको छ। भक्तजनले हाल्दै आउने सानो तिनो रकमको दानपेटीमा रट हालेर मुठोमा पैसा लिएको सिसि क्यामराले देखाएको छ। खोजीकार्य भईरहेको छ
। यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रेशमबाबु रेग्मीले मन्दिरबाट आधिकारीक जानकारी नआएको बताए। तर,अनौपचारिक जानकारी भए अनुसार मन्दिरमा सुरक्षा निगरानी बढाउन खटिएको प्रहरीलाई निर्देशन दिइएको छ।
चन्दननाथमा रहेको दानपेटीमा भने अहिले ताला लगाईएको छ । मन्दिरमै दिउसै कोही व्यक्ति फलामको रट लिएर दानपेटीबाट रकम निकालेर गएपछि भने मन्दिरमा चोरीको त्रास बढेको छ। दिउँसै सुरक्षा तथा मन्दिरका व्यक्तिहरु हुनु पर्ने कसरी त्यो घटना भयो? मानिसहरु अच्चमित भएका छन् । यस अगाडि केही बर्ष अगाडि चन्दननाथ मन्दिरमा मुर्ति चोरी भएका थिए । अन्य मुर्ति पत्ता लागेपनि ३ वटा मुर्ति पत्ता नलागेको मन्दिर स्रोतले जनाएको छ ।





