चितवनको सीप जुम्लामा बिक्दै

गाेल्डेन बुढा
जुम्ला,१४ असार।
चितवनको इच्छाकामना गाउँपालिका -१ कोलभञ्ज्याङ गाउँका ६० वर्षीय जितबहादुर प्रजापति आम्दानीको स्रोत जुटाउन जुम्ला पुगेका छन्। जितबहादुरलाई जुम्लाको सदरमुकाम खलंगामा दार( गिठी)को ठेकी बिक्री गर्दै भ्याइनभ्याई छ।बिहानैदेखि बेलुका अबेरसम्म ठेकी बेच्नमै व्यस्त हुन्छन्। ‘थोरबहुत आम्दानी होला भनेर ठेकी बिक्रीका लागि जुम्ला पुगेको बताए।
उनी तीन दिनदेखि जुम्लाका विभिन्न चाेकमा ठेकी बेच्दैछन्।जुम्ला पहिलोपटक पुगेको सुनाए। उनको साथमा उनकी धर्मपत्नी गाेरीमाया चेपाङ पनि छिन्।उनलेे भनिन् न्युनतम ५ सय देखि ३ हजार ५ सय रुपैयाँ सम्मका ठेकी छन्। ठेकीको साइजअनुसार मूल्य तोकिएको छ।५५ वर्षीया गाेरीमायाले भनिन् ‘आम्दानीको स्रोत केही छैन, ‘ठेकी बेच्दै घर खर्च बालबालिकालाई पढ्ने,पाेशाक, सबै खर्च जुटाउनुपर्ने बाध्यता छ।’ शहरमा भन्दा बढी गाउँका मान्छे संग बढी बिक्री भइरहेको बताइन्।सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा ठेकीको माग बढी हुदाेरहेछ।जहाँ गाई/भैंसी पालेको हुनेरछन् त्यो ठाउँमा बढी ठेकी बिक्री भइरहेको अनुभव सुनाइन्।´दुई सय पिस ठेकी ल्याइएका छाैँ। अहिलेसम्म तीस हजार रुपैयाँ बराबरको ठेकी बिक्री भएका छन्।’उनी मात्र होइन। उक्त गाउँका ३२ वर्षका निमबहादुर चेपाङ पनि ठेकी ल्याएर बिक्री गर्न जुम्ला पुगेका छन्। तीन दिनको अबधिमै २५ हजार रुपैयाँ ठेकी बिक्री गरेका छन्।उनलेे भने,´आाधा माने देखि ५ माने सम्मका ठेकी छन्। भन्छन,ठेकी बनाउने र बेच्ने हाम्रो मुख्य पेसा हो। ‘‘बाउबाजेले गरेको पेसालाई मैले पनि निरन्तरता दिएको हुँ, तीन वर्ष दुवै बसे केही पार लागेन उनलेे बताए।अहिले यो पेसाले राम्रो भइरहेको छ।उनिहरुले मुङलिङबाट प्रति ५ हजार रुपैयाँ भाडा तिरेर जुम्ला पुगे हुन्।ठेकी बिक्री गर्न स्याङ्जा, पर्वत र बागलुङसम्म पुग्छाेैँ।उनलेे भने,ठेकी बनाउनेमा हाम्रो चेपाङ समुदाय बढी छ। ‘आम्दानीको स्रोत केही छैन,’ बनाउने विभिन्न जिल्लामा पुगेर बेच्ने गर्छाैं। दैनिक ५ वटासम्म ठेकी बनाउन सकिन्छ। काठको सामग्री बनाउनका लागि दार रुखको काठ उपयोगी हुने बताइन्छ। खलंगामा ठेकी हेर्ने र किन्ने चहलपहल बढिरहेको छ।पछिल्लो समय जुम्लामा पनि ठेकीमा दही जमाउने र मोही पार्ने चलन हराएको छ । दही जमाउने र मोही पार्ने काम सिल्भरको भाडाे प्रयोग भइरहेकाे देखिन्छ।
जसकारण काठको ठेकीको प्रयोग घट्दो अवस्थामा गएको जुम्लाको चन्दननाथ नगरपालिका -४ का जगदीश चाैलागाईले बताए।उनलेे भने,“हाम्रो पालामा एउटै परिवारले ५/१० वटा गाई,भैँसी पाल्ने, दूध, दही र मही ठेकीमा राख्ने चलन थियो,गाईभैँसी पनि पाल्दैनन् ।उहिलेका बुढापाकाले सिल्टी प्रयोग गर्ने होइन भन्थे, अहिले त्यही बढी प्रयोग गर्छन्”,उनलेे थपे, “सिल्टीमा एकै छिन हात लगायाे भने कति कालो लाग्छ, त्यस्तो भाँडामा खाँदा बुढापाकाले धेरै थरीको रोग लाग्छ भन्थे । काठको भाँडाको दूध दही, तामाको भाँडाको पानी, फलामको कुँडे ( ताप्के ) वमा तताएको दूध खानुपर्छ भन्थे, अहिले त्यो सबै हरायो।”उनलेे सुनाए।






