सम्पादकीय : सूचना प्रविधिमार्फत युवालाई रोजगारी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले युवालाई रोजागारीमा जोड्न सूचना प्रविधिमा आधारित आइटी पार्कको अवधारणा अघि सारेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा सुर्खेतको प्रमुख पर्यटकीय स्थल घण्टाघर पार्कको दक्षिण पट्टिको क्षेत्रलाई आइटी पार्क निर्माण गरी खुला अध्ययन क्षेत्र तथा रोजगारीको केन्द्र बनाउने योजना घोषणा गरेको छ । जहाँ युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा काम गर्न खुला स्थान प्रदान गरिने छ ।

यसका लागि नगरपालिकालाई आधुनिक स्मार्ट समावेशी र दक्ष सेवा प्रदायक संस्थाको रूपमा विकास गर्दै आइटी हबमा स्थापित गर्न योजना बनाई कार्यान्वयन गरिने जनाइएको छ । जसअनुरुप वीरेन्द्रनगरलाई आइटीको हबको रूपमा विकास गरी सूचना प्रविधि पार्क, आइटी यूवा उद्यमशीलता प्रोत्साहन (स्टार्टअप इन्क्युबेसन सेन्टर), स्थानीयस्तरमा आइटी तालिम र सीप विकास कार्यक्रममार्फत युवा रोजगारी सिर्जना गर्ने नीतिमा लिइने नगरपालिकाले जनाएको छ । ‘विदेशिने यूवा घटाँउ स्वदेशमै रोजगारी बढाँउ’ भन्ने नाराका साथ वैदेशिक रोजगारबाट फर्किएर कृषि व्यवसाय गरिरहेका वा गर्न चाहने यूवाका लागि पूँजि तथा प्रविधीमा अनुदान उपलब्ध गराईने छ ।

यस्तै, ‘डिजिटल रोजगारीमा युवाको रहर, यही बाटो हो बन्ने समृद्ध नगर’ भन्ने नीति अन्तर्गत उद्यमशिलता र सूचना प्रविधिलाई एकसाथ जोडिने कार्यक्रमहरु संचालन गर्ने नीति नगरपालिकाले लिनेछ । ‘युवा जागौं, उद्यम बढाऔं’ नीति अन्तर्गत युवामैत्री उद्यमशिलता कार्यक्रमलाई अभियानका रुपमा संचालन गरिने जनाइएको । वीरेन्द्रनगर आगामी बजेटमा अघि सारेको आइटी हबको अवधारणा युवा रोजगारी सिर्जनामा महत्वपूर्ण कदम हो ।

जसले सूचना प्रविधिमा दख्खल राख्ने नयाँ पुस्तालाई आफ्नै देशमा स्वरोजगार हुन प्रोत्सहन गर्न ठुलो भूमिका खेल्नेछ । नगरपालिकाले आइटी हबका लागि व्यवस्थित क्षेत्र पहिचाहन गरी स्वरोजगार बनाउँन लिएको नीतिले सूचना प्रविधिमा ज्ञान सीप भएका तर अवसर नपाएर विदेशिने सोच बनाएका युवालाई समेट्न सकिने आधार बनेको छ । पछिल्लो समय प्रविधिको विकाससँगै नयाँ पुस्ताले आफूलाई सूचना प्रविधिमा अव्यस्त बनाउँदै लगेका मात्रै छैनन् सूचना प्रविधिका विभिन्न माध्ययममा भविष्य खोजि रहेका छन् । सूचना प्रविधि अहिलेको अवस्थामा गतिशिल रोजगारीको निकै सम्भावनायूक्त क्षेत्र हो ।

सूचना प्रविधिमा सीप भएका युवाहरूले देशभित्र मात्र होइन, विदेशका लागि पनि फ्रिलान्सिङ, रिमोट वर्क, वा आउटसोर्सिङ प्रोजेक्टमा काम गर्न सक्छन् । सूचना प्रविधिका माध्ययमबाट वेब/एप विकास, साइबर सुरक्षा, कृत्रिम बौद्धिकता, तथ्यांक विज्ञान, क्लाउड कम्प्युटिङ, ग्राफिक्स डिजाइन तथा मल्टिमिडिया, डिजिटल मार्केटिङ, आइटी सपोर्ट/नेटवर्किङ जस्ता क्षेत्रमा युवा रोजगारी सिर्जना गर्न सकिने ठुलो सम्भावना छ । यसर्थ पनि वीरेन्द्रनगर नगरपालिकाले सूचना प्रविधिको विकासमा लिएको नीतिले पक्कै पनि युवाहरुमा आशा पलाउने देखिन्छ ।

यसका लागि सुरक्षित र भरपर्दो प्रविधिसहितको स्थान छनौट गरिनु पर्दछ । यसले नतिजासमेत राम्रो दिनसक्छ । तर यसमा प्रभावकारी कार्यान्वयनको पाटो भने महत्वपूर्ण हुन्छ । विगतमा पनि स्थानीय तहहरुले युवा रोजगारी सिर्जनामा निकै राम्रा कार्यक्रम ल्याएको भएपनि कार्यान्वयनको पाटो कमजोर हुँदा कागजमै सीमित भएको अवस्था छ । यसर्थ, युवालाई सूचना प्रविधिमार्फत रोजगारीमा जोड्ने नगरपालिकाको नीतिलाई मुर्तरुप दिनतर्फ नेतृत्वले ध्यान दिनुपर्दछ । यस क्षेत्रमा काम गर्न चाहने युवालाई आवश्यक तालिम तथा सहजिकरणमा जोड दिन सके यो कार्यक्रमले सकारात्मक प्रतिफल दिनेमा दुई मत छैन । यसले युवा रोजगारीमार्फत नगरपालिकाको आयमा समेत वृद्धि गर्न सघाउ पुग्छ ।

सम्पादकीय : सूचना प्रविधिमार्फत युवालाई रोजगारी

अदालत प्रवेश गरयो सुर्खेत उपत्यका खानेपानी संस्थाको

सम्पादकीय : सूचना प्रविधिमार्फत युवालाई रोजगारी

“संघर्षशील यात्री हुन विर वहादुर”

Leave a comment

Your email address will not be published. Required fields are marked *