तिला नदिकाे किनारमा अज्ञात पुरुष शव भेटियो

गाेल्डेन बुढा

जुम्ला,१२ असार।

तिला नदिकाे किनारमा एक अज्ञात पुरुषको शव फेला परेको छ। जुम्लाको चन्दननाथ नगरपालिका -९ खल्लाचौर नजिकै बिहिवार विहान साढे ८ बजे शव फेला परेको छ।

स्थानीय बासिन्दा दिपेन्द्र रावलले जिल्ला प्रहरी कार्यालय जुम्लालाई टेलिफोनमार्फत उक्त घटनाको जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा ५ जनाको प्रहरी टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट फोरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलमा खटिएको छ।घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर पश्चिममा पर्दछ।

प्रारम्भिक जानकारी अनुसार, शवलाई नदीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।प्रहीरीका अनुसारमृतकको नाम, ठेगाना र अन्य विवरण अझै खुल्न सकेको छैन। प्रहरीले शवको पहिचान र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।

फोरेन्सिक टोलीले शवको पोस्टमार्टमसहित थप जाँच गर्ने तयारी गरेको छ। स्थानीय बासिन्दाले यस्ता घटनाले समुदायमा चिन्ता बढाएको बताएका छन्।

तिला नदिकाे किनारमा अज्ञात पुरुष शव भेटियो

अपर कर्णालीबाट बंगलादेशले ५०० मेगावाट बिजुली लैजाने

तिला नदिकाे किनारमा अज्ञात पुरुष शव भेटियो

अदालत प्रवेश गरयो सुर्खेत उपत्यका खानेपानी संस्थाको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds