जेन्जि २.० कर्णाली प्रदेश संयाेजकमा मल्ल

हस्त चाैलागाँई
सुर्खेत,९ कार्तिक ।

जेन्जि २.० कर्णाली प्रदेश संयाेजकमा समाजसेवी बिद्यार्थी नेता हिक्मतजङ्ग मल्ल प्रारम्भिक तदर्थ समितिकाे संयाेजक बनेका छन् । संरक्षक डम्बर साहु,सह–संयोजक: सूर्य बिक्रम सिंह,प्रवक्ता आदर्श बिक्रम सिंह,विज्ञ तथा सल्लाहकार लक्ष्मी बास्तोला, दिपेनसिंह ठकुरी,
सदस्यहरूमा युवराज शर्मा , सुसान्त खडा,ज्ञानी शाही उज्जिर बोहोरा रहेका छन् ।

भदौ २३ गतेको ऐतिहासिक जेन्जि आन्दोलन पछि विभिन्न माध्यमबाट संलग्न युवाहरु देशभर फैलिएका भए पनि, आन्दोलनमा सबै पुस्ताको योगदान, घाइते र सहिदहरूको बलिदानका कारण राष्ट्रिय एकताको आवश्यकता तीव्र रूपमा महसुस गरिएको प्रदेश संयाेजक हिक्मतजङ्ग मल्लले बताए । भदौ २३ देखि २४ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला सम्पन्न भयो मल्लले भने भदौ २३ देखि असोज २४ सम्मको उक्त राष्ट्रिय भेलामा सबै उमेर समूहका प्रतिनिधिहरू, राष्ट्रप्रेमी स्वतन्त्र व्यक्तिहरू र विभिन्न अभियानका अभियन्ताहरूको स्वेच्छिक उपस्थिती रहेको थियो उक्त अभियानमा विभिन्न निर्णय गरियाे तिनै निर्णयका आधारमा आन्दोलनलाई राष्ट्रिय स्वरूप दिँदै “जेन्जि २.० (सबै पुस्ताको प्रतिनिधि)” राष्ट्रिय अभियान नामकरण गरिएको मल्लले जानकारी दिए ।

२०८२ असोज २३, २४ र २५ गतेको काठमाडौंको नवदुर्गा पार्टी प्यालेस लगायत देशभरबाट तथा प्रवासमा रहेका नेपाली दिदीबहिनी दाजुभाई सँगको बैठकले बनेको तदर्थ समितिले हालसम्म गरेका मुख्य कामहरु सहित हालका लागी तदर्थ केन्द्रीय समिति र प्रदेश समितिमा सम्पर्क टिम समेत घोषणा गर्ने निर्णय गरिसकेकाे छ ।

जेन्जि २.० कर्णाली प्रदेश संयाेजकमा मल्ल

हिमालकाे काखमा गुमनाम ‘आकासे ताल’

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!