जुम्लामा ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु,एक गम्भीर घाइते
गाेल्डेन बुढा
जुम्ला ,११ असार।
जुम्लामा ट्याक्टर दुर्घटना हुदाँ एकको घटना स्थलमै मृत्यु भएको छ।भने एक जना गम्भीर घाइते भएका छन्।बुधबार दिउँसो १ बजेर ३५ बजे ट्याक्टर दुर्घटना भएको हो।मृत्यु हुनेमा जुम्लाको तिला गाउँपालिका -५ चुलाकाेट गाउँका अन्दाजी २३ वर्षीय मजदुर लाेकेश बुढा हुन्।भने गम्भीर घाइते हुने ट्याक्टर चालक तिला- ३ का अन्दाजी ३० वर्षका कर्ण जैशी रहेका छन्।तिला गाउँपालका-३ कुडारीबाट चुलाकाेट गाउँकाे भित्री कच्ची सडकमा ढुङ्गा ल्याउन जाने क्रममा १ त ६४७२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक असिम हमालले बताए। घाइते चालक र मृतकको सव तिला गाँउपालिकाकाे एम्बुलेन्सद्धारा उद्वार गरि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको छ।घाइतेको उपचार भइरहेको छ।घटनाको बारे अनुसन्धान भैरहेको छ। दुर्घटना भएको ठाउँ जुम्ला सदरमुकामदेखि करिब २२ किलोमिटर उत्तर पश्चिम पर्छ।





