दुल्लुमा बहुउद्देश्यीय भवन शिलान्यास


सुर्खेत । दुल्लु नगरपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ। नेपाल(भारत विकास सहयोग अन्तर्गत निर्माण हुने भवनको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र भारतीय राजदूतावास, काठमाडौंका काउंसलर अविनाश कुमार सिंह तथा दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजालद्वारा आज सयुंक्त रूपमा शिलान्यास गरिएको हो।
मन्त्री भण्डारीले नेपाल भारत सम्बन्धलाई विशेष खालका परियोजना मार्फत थप प्रगाढ बनाउन चाहेको बताए। शिक्षाका लागि बजारीकरण हुने क्रमलाई रोक्दै आफ्नो स्थानमा स्तरीय शिक्षा सञ्चालन हुने अपेक्षा गरे।
भारत सरकारको सहयोगमा दुल्लुका विभिन्न परियोजनाहरु सञ्चालन हुँदै गरेको जानकारी गराए। सो अन्तर्गत अहिले बहुउद्देश्यीय भवन शिलान्यास गरिएको बताए।
पञ्चकोशी लुम्बिनी बौद्ध सर्किटमा सहयोग गर्न आग्रह गर्दै विश्व सम्पदा सूचीमा समेट्न सकिने यहाँका अमूर्त सम्पदा संरक्षण र बजारीकरणमा सहयोगको अपेक्षा व्यक्त गरे।
राजदुतावास काउंसलर सिंहले परियोजना समयमै सम्पन्न भै भारत नेपाल विकास साझेदारीमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। यसले दुल्लु क्षेत्रमा शिक्षा सुधार हुने अपेक्षा गरे। नेपालको शिक्षा क्षेत्रमा विगत २० वर्षदेखि यस किसिमको परियोजनाहरु सञ्चालन गरिरहेको जानकारी दिए। भारतीय विदेशमन्त्री डा। जयशंकर नेपाल भ्रमणमा आउँदा नेपाली परियोजनाको लगानी बढाइएको जानकारी दिए।
१ हजार बढी एम्बुलेन्स र ३ सय बढी स्कूल बस सहयोग गरिएको बताए।
भारत नेपाल बीचको सम्बन्ध विकास साझेदारमा बढी प्रगाढ रहेको जिकिर गरे। नेपालमा भूकम्प, बाढी, पहिरो जस्ता विपद् कार्यहरूमा भारतले राहत तथा पुनःनिर्माणमा सहायता प्रदान गरिरहेको र निरन्तरता दिन प्रतिवद्ध रहेको बताए।
चार करोड ८८ लाख लागतमा बन्ने भवनका लागि दुल्लु नगरपालिकाको २० प्रतिशत र दूतावासको ८० प्रतिशत साझेदारी रहेको नगरप्रमुख रिजालले जानकारी दिए। भवनलाई समयमै सम्पन्न गराउनका निम्ति स्थानीयको सहयोग आवश्यक हुने बताए। त्यसका लागि सबैले सहयोग गर्न आग्रह गरे।

दुल्लुमा बहुउद्देश्यीय भवन शिलान्यास

प्रेस सेन्टरको कर्णाली अध्यक्षमा शर्मा चुनिए

दुल्लुमा बहुउद्देश्यीय भवन शिलान्यास

सुर्खेतका प्रजिअ भन्छन्,–विकास र समृद्धिका लागि सहकार्य

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds