हल गोरु पाल्ने दुर्गमका किसानलाई नगद प्रोत्साहन

बैतडी, ९ पुस । 
हल गोरु पाल्ने दुर्गमका कृषकले पोत्साहन रकम पाउने भएका छन् । जिल्लाको  पञ्चेश्वर, शिवनाथ, सिगास र डिलाशैनीका हल गोरु पाल्ने कृषकलाई रु पाँच हजार दिइने   भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख गुमानीदत्त पन्तले बताए ।
प्रदेश सरकारको हल गोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु १० लाख बजेट रहेकाले चार स्थानीय तहका दुर्गम वडामा बस्ने नियमित हल गोरु पाल्ने कृषकलाई रु पाँच हजार प्रोत्साहन स्वरुप दिन लागिएको हो ।
एकै कृषकले परम्परागत रुपमा हल गोरु पालेको भए गाउँपालिका पशु विकास शाखामा निवेदन दिनुपर्नेछ । पन्तका अनुसार एक गाउँपालिकाबाट ५० जना हल गोरु पालन गर्ने कृषक गाउँपालिकाले छनोट गरिनेछ । निवेदन दिने म्याद यही पुुस २७ गतेसम्म रहेको छ ।
गाउँपालिकाभित्र दुर्गम वडाका न्यून आय भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । गाउँपालिकाहरुसँग समन्वय गरेर कार्यक्रम गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
हल गोरु पाल्ने दुर्गमका किसानलाई नगद प्रोत्साहन

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

हल गोरु पाल्ने दुर्गमका किसानलाई नगद प्रोत्साहन

भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार

Leave a comment

Your email address will not be published. Required fields are marked *