जुम्लामै पहिलो सिंजा गाउँपालिका पोषणमैत्री गाउँपालिका घोषणा

गाेल्डेन बुढा

जुम्ला,८ असार।

जुम्लामै पटक जुम्लाको सिंजा गाउँपालिकालाई पाेषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घाेषणा गरिएको छ। जुम्लाकाे एक चन्दननाथ नगरपालिका र सात गाउँपालिका मध्ये पहिलोपटक पाेषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घाेषणा गरिएको हो। यसअघि गाउँपालिकाका अन्तर्गतका स्वास्थ्य संस्थाहरु पोषणमैत्री घोषणा भइसकेका छन्।साेमबार संघीय माननीय विहिनता कठायतले पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरेकी थिइन्।सांसद कठायतले पोषणमैत्री स्वास्थ्य संस्था जिल्लाको पहिलो गाउँपालिका घोषणा गर्न सफल भएकाले स्वास्थ्यकर्मी सवैलाई धन्यवाद दिइन्।

गाउँपालिका भित्रका सबै विद्यालय दिवा खाजामा स्थानीय परिकार खुवाउने व्यवस्था गर्न अपिल गरिन्। आयतित जंगफुट,चाउचाउ बिस्कुट जस्ता चिज बालबालिकालाई नखुवाउन सुझाव राखिन्।सामाजिक अभियान परिवर्तन गर्ने बहुआयामिक पोषणमैत्री कार्यक्रम भएकाले घोषणामा दिगो बनाउनु पर्नेमा जोड दिइन्।यस्तै गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सुचक तथा मापदणडहरु पुरा भएकोले पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको बताए।

घोषणाको तयारी पूर्व गर्नु पर्ने सुचकहरु पोषण मैत्री स्वास्थ्य संस्थाहरुको लागी आवस्यक सुचकहरुको प्रमाणिाकरण, गाउँकार्यपालिकाबाट पोषणको क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता, अनुगमन, समीक्षा र मुल्याकनको काम पुरा भएको बताए।यता गाउँपालिका उपाध्यक्ष सितली रोकायाले मानिसको पोषण मानव जीवन सँग जोडिएको महत्वपूर्ण बिषय भएकाे बताइन्।यो अभियानमा लाग्ने सवै स्वास्थ्यकर्मी र साझेदार निकाय प्रति खुसी व्यक्त गरिन्।गर्भवती महिलाले विभिन्न समयमा जाँच गर्ने, आईरन चक्की र फोलिक एसिड चक्की खाएको प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रतिशत, स्वास्थ्य संस्थामा जन्म भएका बालबालिका, जन्मेको एक घण्टामा स्तनपान शुरुवात गर्ने शिशु, भिटामिन ए क्यास्सुल, नियमित बृद्धि अनुगमन लगायतका विभिन्न सूचक पुरा भएपछि पोेषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएकाे छ।

गाउँपालिका स्वास्थ्य संयोजक ललितबहादुर रोकायाका अनुसार यस अगाडि सिंजा गाउँपालिका- ३ को नराकोट स्वास्थ्यचौकी, वडा नम्बर -१ को धापा स्वास्थ्य चौकी, वडा ५ स्थिति शनिगाँऊ स्थित स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएका थिए।यस्तै आधारभुत स्वास्थ्य केन्द्र वडा- २ को बिष्टबाडा, आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ को देविडाडा, आधारभुत स्वास्थ्य केन्द वडा नम्बर ६ को दाँतकाे आधारभुत सुचक तयार गरि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएका थिए।तोकिएका १६ वटा सूचकहरुलाइ पूराभइसकेका छन्।दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपालमा सबै प्रकारका कुपोषण अन्त्य गरी पोषणमैत्री मुलुक घोषणा गर्ने संकल्प छ।

उनले थपे,उक्त बमोजिम सिंजा गाउँपालिका कर्णालीका ७९ वटास्थानीय तहमै पोषणमैत्री घोषणामा पहिलो भएका छाैँ।पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले घोषणा गर्नु मात्रै महत्वपूर्ण नभई व्यवहारमा कार्यान्वयन गरी पोषणमा सुधार ल्याउन जरुरी रहेको बताए।स्थानीय उत्पादनतिर लाग्न खानपानमा ध्यान आग्रह गरे।

‘यसअघि सिंजा पोषण प्रर्दशनी मेला पनि गरिएको थियो।, ‘रैथाने वालीको उपभोग बढाई मातृशिशुमा हुने कूपोषणलाई शुन्यमा झार्ने छ।’ सिंजा गाउँपालिका, पेस नेपाल र प्लान इन्टरनेश्नल नेपालको समन्वय सहकार्यमा सिंजाका स्वास्थ्य संस्थाहरु पोषणमैत्री घोषणा भएका हुन् । घरमा हुने सुत्केरी दरलाई शुन्यमा झार्ने र पूर्ण सरसफाईयुक्त वडा तथा वडपालिका घोषणाको तयारी छ। दिगो विकास र समृद्विका लागि प्लान इन्टरनेश्नल नेपाल र पेस नेपालले गरेको योगदान तथा सहयोग समन्वय प्रसंशायोग्य देखिन्छ।

घोषणा समारोहलाई सन्देशमुसलक बनाउनको लागि कार्यक्रम स्थलको बाहिर स्वास्थ्य संस्थाहरुको पोषण प्रर्दशनी स्टल राखिएको थियो। भने कार्यक्रमको विचविचमा पोषण सम्बन्धि सन्देशमुलक गित नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्यकर्मीहरु विभिन्न क्षेत्रबाट सहयोग गर्ने महानुभावहरु लाई सम्मान गरिएको थियो ।

जुम्लामै पहिलो सिंजा गाउँपालिका पोषणमैत्री गाउँपालिका घोषणा

सम्पादकीय : गैरकानूनी लाभ लिनेमाथी छानविन गर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds