प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी, बैंकिङ कसुरमा फरार

दाङ,८ असार।
जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध जिल्ला अदालत पर्साले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ।

समानुपातिक प्रणालीबाट प्रदेशसभा पुगेकी सांसद रायमाझीविरुद्ध अदालतले जेठ १६ गते नै पक्राउ पुर्जी जारी गरेको थियो। तर त्यसयता उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सा जिल्लाको पोखरिया निवासी आशा कुमारी चौहानले प्रदेश सांसद रायमाझीविरुद्ध बैंकिङ कसुर सम्बन्धी उजुरी दिएकी थिइन्। उजुरीअनुसार रायमाझीले आशासँग ५ लाख ५० हजार रुपैयाँ सापटी लिएर त्यसवापतको दुई लाख ७५ हजार रुपैयाँको चेक दिएकी थिइन्। तर चेक बैंकमा पेश गर्दा अस्वीकार भएको थियो।

उक्त विषयमा अनुसन्धान अगाडि बढाउँदै जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गर्दै रायमाझीलाई पक्राउ गरी पर्सा बुझाइदिन अनुरोध गरेको छ। सुमन रायमाझी बर्दियाकी स्थायी बासिन्दा भएकाले सम्बन्धित जिल्लामा खोजी कार्य अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार उनी हालसम्म सम्पर्कबिहीन छन् भने घर खानतलासीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

 

 

प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी, बैंकिङ कसुरमा फरार

नरैनापुरमा कुष्ठरोगको उच्च जोखिम, एउटै वडामा ९

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds