कर्णाली सरकारले पठायो विपद् प्रभावित नागरिकका आवास निर्माण गर्न सात करोड बजेट

सुर्खेत २८ साउन।

कर्णाली प्रदेश सरकारले विपद् प्रभावित नागरिकका निजी आवस पुनर्निर्माण गर्न सात करोड बजेट निकासा गरेको छ । मौसम र आगलागी जन्य विपद्बाट प्रभावित नागरिकका निजी आवास पुनर्निर्माण, प्रवलीकरण र पुनसर््थापनाका लागि प्रदेश सरकारले व्यहोर्नुपर्ने लागत सहभागिता वापतको सात करोड ९२ लाख ४० हजार रुपैयाँ सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा निकासा भएको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गत असारमा जुम्ला, जाजरकोट, कालिकोट, रूकुम पश्चिम र सल्यान जिल्लाका आठ सय ८२ घरपरिवार लाभान्वित हुनेगरी रकम निकासा गरिएको बताए । उनका अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अधिकांश लाभग्राहीलाई रकम उपलब्ध गराएका छन् । कार्यविधि बनेको चार वर्षपछि मात्र प्रदेशबाट पहिलो पटक कार्यान्वयनमा आएको यो सुविधा अन्तर्गत मापदण्डभित्र परेका तर, छुटेका लाभग्राहीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न मुख्यमन्त्री कँडेलको आग्रह छ ।
मुख्यमन्त्री कँडेलका अनुसार जुम्लामा दुई करोड ३२ लाख ८५ हजार, कालिकोटमा दुई करोड ७१ लख ५० हजार, जाजरकोटमा ६ लाख ९५ हजार, रुकुम पश्चिममा दुई करोड ४५ लाख दश हजार र सल्यानमा ३६ लाख रुपैयाँ विपद् प्रभावित नागरिकका आवास निर्माण गर्न पठाइएको छ ।

कर्णाली सरकारले पठायो विपद् प्रभावित नागरिकका आवास निर्माण गर्न सात करोड बजेट

जुम्लाको तातोपानीमा आगलागी, तेस्रो तला पूरै नष्ट

कर्णाली सरकारले पठायो विपद् प्रभावित नागरिकका आवास निर्माण गर्न सात करोड बजेट

बाइस लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक

Leave a comment

Your email address will not be published. Required fields are marked *