राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

बाँके ,२६ असार।
बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
गाईवस्तु चराउन गएका उनीहरू नदीमा एक्कासी आएको बाढीका कारण नदीको बीच भागमा रहेको टापुमा फसेका थिए। घटनापछि सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगञ्ज बाँकेबाट खटिएको गोताखोरसहितको टोलीले बुधबार ती तीनै जनालाई सकुशल उद्धार गरेको हो।
सशस्त्र प्रहरीका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार गरिएकामध्ये ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन्। तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
अचानकको बाढीका कारण जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न सुरक्षा निकायहरू सक्रिय रूपमा खटिनुले सम्भावित दुर्घटनाबाट ठूलो क्षति हुनबाट जोगिएको हो।
राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

८ वटै स्थानीय तहमै मनायो जुम्ला माओवादीले

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds