८ वटै स्थानीय तहमै मनायो जुम्ला माओवादीले सुशासन सप्ताह

गोल्डेन बुढा
जुम्ला ,२६ असार।
नेकपा माओवादी केन्द्र जुम्लाले स्थानीय तहमा शुसाशन हेल्प डेक्स सप्ताह मनाएको छ। जिल्लाको निर्णय अनुसार गत फागुन १५ गतेदेखी २५ गते सम्मा गाउँपालिकामा शुसासन हेल्प डेक्स सप्ताह मनाएको हो।

बुधबार ओैपचारिक कार्यक्रममार्फत सकिएको छ।जुम्ला पार्टी अध्यक्ष नवराज न्यौपानेका अनुसार पार्टीको जिल्ला निर्णय अनुसार गत असार १९ देखी २५ गते सम्म गाउँपालिका स्तरमा सेवाग्राहीलाई सहज गर्ने, शुसासनका सवालमा रखवारी गर्ने उद्देश्यले सुशासन डेक्स राख्ने निर्णय गरिएको थियो । सोही अनुसार जिल्लाभर शुसासन डेक्ख खडा गरेर जनताको गुनासो सुन्ने र सुशासनको पक्षमा अवलोकन गरिएको छ।

जुम्लाको एक चन्दननाथ नगरपालिका, सिंजा गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिका, गुठिचौर गाउँपालिका, हिमा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिकाले एक हप्ताभरी सुशासन हेल्प डेक्स राखेर सप्ताह मनाएको थियोे।माओवादी केन्द्रका गाउँपालिका स्तरका ईन्चार्ज, अध्यक्ष सहितको समिति, उक्त क्षेत्रका केन्द्रीय सदस्य तथा नेताहरुको उपस्थितिमा हेल्प डेक्स सप्ताह मनाईएको हो ।

सिंजामा पत्रकार भेटघाट तथा समापन कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य चन्द्रविर तिरुवा रविकिरणले गाउँपालिकामा आएका सेवाग्राहीलाई सहजीकरण गर्ने, काम ढिलासुस्ति भएका हामीले प्रश्न गरेको बताए।

चन्दननाथ नगरपालिका जुम्लाका अध्यक्ष सुरेन्द्र महतले पत्रकार भेटघाटमा एक सातामा नगरपाटीले सुशासन डेक्सबाट गरेका कामको बताए। तिला गाउँपालिका ईन्चार्ज जगतबहादुर शाहीले सु्शासन डेक्सबाट माओवादीले तिलामा गरेका कामको स्पष्ट पारे। तातोपानी गाउँपालिका अध्यक्ष जक्ति न्यौपानेले सुशासन डेक्बाट आएका जनगुनासा सुनेर आवश्यक सहजीकरण गरिएको जनाए ।पातारासी गाउँपालिका ईन्चार्ज जनम महताराले पातारासीमा सुशसान डेक्सको बिषयमा भएका कामको बताए। यसैगरी जिल्लाका अन्य गाउँपालिकामा समेत विभिन्न कार्यक्रम गरि सुशासन डेक्स सप्ताह मनाईएको छ ।

माओवादीले यस समयमा गरेको यो कार्यक्रम एक नमूना भएको पार्टीईन्चार्ज नरेश भण्डारी बताउँछन् । उनले पार्टीको निर्णयलाई पालना गरेर काम गर्ने नेता कार्यकर्ता सवैलाई धन्यवाद ज्ञापन गरे। यसैगरी जिल्लाको सिंजा गाउँपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले कार्यक्रम स्थलमा आएर समर्थन जनाएका थिए।

८ वटै स्थानीय तहमै मनायो जुम्ला माओवादीले सुशासन सप्ताह

वीरेन्द्र चौकमा ट्राफिक लाइट जडान गरी सञ्चालनमा

८ वटै स्थानीय तहमै मनायो जुम्ला माओवादीले सुशासन सप्ताह

राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा

Leave a comment

Your email address will not be published. Required fields are marked *