लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ सम्पन्न, पश्चिम नवलपरासी र रोल्पा अगाडि

बाँके ,२५ असार।

लुम्बिनी प्रदेशमा यस वर्षको असार तेस्रो सातासम्म कुल ५२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका अनुसार कुल ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ लाख ५७ हजार ८५७ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको हो।

प्रदेशका जिल्लामध्ये सबैभन्दा अगाडि पश्चिम नवलपरासी रहेको छ, जहाँ कुल २० हजार ४८० हेक्टर क्षेत्रफलमध्ये १८ हजार ४३२ हेक्टरमा धान रोपाइँ भइसकेको छ, जुन ९० प्रतिशत हो। पहाडी जिल्लाहरूमा रोल्पा अगाडि देखिएको छ, जहाँ ४ हजार ५४७ हेक्टर क्षेत्रमध्ये ४ हजार १ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ, जुन ८८ प्रतिशत हो। त्यसैगरी प्यूठानमा ६ हजार ५२५ हेक्टरमध्ये ५ हजार ६१२ हेक्टरमा रोपाइँ भइसकेको छ, जुन ८६ प्रतिशत हो।

रुकुम पूर्वमा पनि राम्रो प्रगति देखिएको छ, जहाँ ३ सय ५४ हेक्टर क्षेत्रफलमध्ये ३ सय १ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ, जुन ८५ प्रतिशत हो। तर कपिलवस्तुमा भने सुस्त प्रगति देखिएको छ। कुल ६५ हजार ८७१ हेक्टरमध्ये हालसम्म १५ हजार १५० हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ, जुन जम्मा २३ प्रतिशत हो।

त्यस्तै, बाँकेमा ३६ हजार हेक्टरमध्ये करिब २० हजार हेक्टरमा, बर्दियामा ५२ हजार हेक्टरमध्ये ३५ हजार बढी हेक्टरमा, र दाङमा ३८ हजार हेक्टरमध्ये २३ हजार हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
मौसम अनुकूल भइरहे बाँकी क्षेत्रमा पनि रोपाइँ तीव्र हुने अपेक्षा गरिएको छ।

 

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ सम्पन्न, पश्चिम नवलपरासी र रोल्पा अगाडि

भ्रष्टाचार, कर शोषण र रविमाथीको राजनीतिक प्रतिशोध

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ सम्पन्न, पश्चिम नवलपरासी र रोल्पा अगाडि

हिमा नदिमा बालक बेपत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds