“सडकमा वन्यजन्तुको सुरक्षा: कोहलपुरमा सरोकारवालाको साझा प्रतिबद्धता”

बाँके, २६ बैशाख।

वन्यजन्तुहरू सडक दुर्घटनामा पर्न थालेपछि त्यसको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम बिहीबार कोहलपुरमा सम्पन्न भएको छ। वातावरण अध्ययन तथा संरक्षण केन्द्रको आयोजनामा र द रुफोर्ड फाउन्डेसनको सहयोगमा आयोजित कार्यक्रममा सवारी चालक, निकुञ्ज तथा वन कार्यालयका प्रतिनिधि, स्थानीयवासी, यातायात व्यवसायी, संचारकर्मी लगायतको सहभागिता थियो।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले वन्यजन्तु सडक सुरक्षासम्बन्धी कार्यक्रमहरूका लागि आगामी वर्षको बजेटमा छुट्टै रकम विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो।

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले तीव्र गतिका सवारीका कारण वन्यजन्तुहरू दुर्घटनामा परिरहेको भन्दै चालकहरूलाई सचेत गराउनु आवश्यक रहेको बताए। उनले विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने योजना रहेको पनि उल्लेख गर्नुभयो।

 

द रुफोर्ड ग्रान्टी, वातावरण अध्ययन तथा संरक्षण केन्द्रका अनुसन्धानकर्ता मन्जुश्री ठाकुरले निकुञ्ज आसपासको क्षेत्रको अवस्थाबारे प्रस्तुत गर्दै क्यामेरा ट्र्याप, प्रश्वावली अध्ययन र जनचेतनामूलक कार्यक्रमका निष्कर्ष प्रस्तुत गर्नुभयो। Zoological Society of London (ZSL) का अनुसन्धानकर्ता कमल रेग्मीले वन्यजन्तुको जीवन रक्षाका लागि प्रयास गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी सहायक निरीक्षक दमन विक्रम सेनले ट्राफिक संकेतको पालना गर्दा दुर्घटना घट्न सक्ने बताउनुभयो। कोहलपुरका समाजसेवी तथा पूर्व वडाध्यक्ष निरज चलाउनेले विश्वविद्यालय स्थापना हुन सके अनुसन्धानलाई टेवा पुग्ने धारणा राख्नुभयो।

अनुसन्धानकर्ता विष्णु पोखरेल, शिक्षक रामप्रसाद चापागाईं लगायतले आफ्ना सुझाव राखेका थिए। वातावरण अध्ययन तथा संरक्षण केन्द्रका अध्यक्ष प्रकाश चन्द्र अर्यालले कार्यक्रमलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउन सबै सरोकारवाला निकायसँग सहकार्य गरिने बताउनुभयो।

 

 

“सडकमा वन्यजन्तुको सुरक्षा: कोहलपुरमा सरोकारवालाको साझा प्रतिबद्धता”

“चुरे बचाउ, जीवन जोगाउ : चमेरेमा सरोकारवालासँग

“सडकमा वन्यजन्तुको सुरक्षा: कोहलपुरमा सरोकारवालाको साझा प्रतिबद्धता”

सम्पादकीय : चट्याङले बढाएको जोखिम

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds