यतीको सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान


सुर्खेत । वायुसेवा कम्पनी यती एअरलाईन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा सफलता पुर्वक परीक्षण उडान सम्पन्न गरेको छ । यती एयरलाईन्सले कर्णाली र सुदुरपश्चिममा सेवा विस्तारका परीक्षण उडान गरेको हो ।

यती एअरलाईन्सको (एन–एएमएन) एटीआर ७२ सिटे विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदुरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलता पुर्वक परीक्षण उडान गरेको यति यएरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । ‘नेपालगन्ज बिमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा आज दिउँसो सवा १२ वजे अवतरण गरेको थियो भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी बिमानस्थलमा अवतरण गरेको थियो,’ उनले भने,‘परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाईन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए ।’

परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाईन्सका प्राविधिक तथ प्रतिनीधिहरुको टोली साथमा रहेका थिए ।

यात्रुहरुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य लिएको यती एअरलाईन्सले परीक्षण उडान गरेको जनाएको छ । यती एअरलाईन्सले सात वटा एटीआर ७२ विमानमार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थललगायत पर्वतीय उडानहरु गर्दै आएको छ ।

यतीको सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान

पातमा आकृति कोर्ने सीपले लाखौं आम्दानी गर्दै

यतीको सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान

कर्णालीका आठ महिला उद्यमीलाई जनही एक लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *