बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै :सतर्क रहन स्वास्थ्य कार्यालयको आग्रह

बर्दिया ,२३ असार ।

जिल्लामा यो वर्ष डेङ्गु, कालाजार र स्क्रबटाइफसजस्ता सरुवा रोगहरूको सङ्क्रमण अघिल्लो वर्षको तुलनामा बढ्दै गएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा डेङ्गु सङ्क्रमणका १४२ जना बिरामी भेटिएका थिए भने हाल २०८१/८२ मा उक्त सङ्ख्या १५० पुगेको छ। यस्तै, गत आर्थिक वर्षमा ४ जना मात्रमा कालाजार देखिएकोमा यस वर्ष ६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार बर्दिया जिल्लाबाट कामको सिलसिलामा भारत गएका र फर्कंदा संक्रमण लिएर आउने प्रवृत्तिले रोग फैलिने दर बढाएको छ। लामखुट्टेले टोकेर सर्ने डेङ्गु र भुसुनाले टोकेर सर्ने कालाजारबाट सावधानी अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

स्वास्थ्य कार्यालय बर्दियाका विष्णु वैश्यका अनुसार भारतबाट फर्किनेहरूबाट सङ्क्रमण फैलिएको पुष्टि भइरहेका छन्। बालबालिकामा विशेष गरी वर्षायाममा डेङ्गुको जोखिम बढी हुने भन्दै बर्दिया अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहले अभिभावकहरूलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको छ।

खैरापुर स्वास्थ्य चौकीका प्रमुख जनकनाथ योगीले विगतको तुलनामा यस वर्ष बिरामीको सङ्ख्या बढेको भन्दै सबै नागरिक र स्थानीय निकायहरूलाई सजग रहन अपिल गर्नुभएको छ।

सावधानीका उपायस्वरूप सरसफाइमा ध्यान दिने, लामखुट्टे लाग्ने स्थानहरूमा पानी जम्न नदिने, मच्छरदानीको प्रयोग गर्ने, भुसुना नियन्त्रणमा ल्याउने उपाय अवलम्बन गर्न चिकित्सकहरूको सुझाव छ।

 

 

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै :सतर्क रहन स्वास्थ्य कार्यालयको आग्रह

डोल्पाको अन्नपूर्ण माविमा २९ लाख बढीको भ्रष्टाचार

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै :सतर्क रहन स्वास्थ्य कार्यालयको आग्रह

घुँयत्राे : एउटै पाटिलाई श्रीमान श्रीमतीले हाँकेर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds