पर्यटकीय स्थल नदै डाबमा कर्णाली याक्सको जर्सी सार्वजनिक

जुम्ला,२१ कार्तिक । 

पर्यटन प्रवर्‌द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले उच्चस्थानमा रहेको धार्मिक पर्यटकीयस्थल ‘नदै डाब’मा कर्णाली याक्सको जर्सी सार्वजनिक गरिएको छ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि याक्सको नयाँ जर्सी जुम्लाको तातोपानी गाउँपालिका–८ र जाजरकोट सिमानास्थित ‘नदै डाब’ मा सार्वजनिक गरिएको हो ।

समुद्री सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीयस्थलमा पुगी नयाँ जर्सी सार्वजनिक गरिएको तातोपानी–८ का युवा क्रिकेटप्रेमी हेमन्त शाहीले बताए । उनका अनुसार पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्‍याउने उद्देश्यसहित नेपालमा हुन लागेको दोस्रो संस्करणको एनपिएलमा प्रयोग गरिने कर्णाली याक्सको जर्सी सार्वजनिक गरिएको हो ।

हिउँले सेताम्मे भएको चौँरी चर्ने समथर स्थान (पाटन) स्थित नदै डाबमा पुगेर नयाँ जर्सी सार्वजनिक गर्दा सो ठाउँको प्रचार प्रसारमा सहयोग पुग्ने बताउँदै शाहीले कर्णाली याक्सप्रति स्थानीय जनताको अपनत्व हुने भएकाले पनि यस किसिमको कदम चालिएको स्पष्ट गरे ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा विदेशी खेलाडीहरूमा अष्ट्रेलियाका अलराउण्डर विलियम बसिस्टो, नेदरल्याण्डका ओपनर म्याक्स ओडाउड, स्कटल्याण्डका अलराउण्डर मार्क वाट अनुबन्ध भएका छन् । यसैगरी नेपाली खेलाडीहरूमा गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा, युनिशविक्रम सिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री सहभागी हुने कर्णाली याक्सले जनाएको छ ।

पर्यटकीय स्थल नदै डाबमा कर्णाली याक्सको जर्सी सार्वजनिक

सरकारी जमिनमा व्यावसायिक मुङखेती

Leave a comment

Your email address will not be published. Required fields are marked *