पदभार सम्हालेको तेस्रो दिनमै प्रजिअ तामाङको सक्रियता : सीमाक्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि कडा निर्देशन

बाँके ,२१ कार्तिक ।

बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले पदभार सम्हालेको तेस्रो दिनमै जिल्लाको सबैभन्दा संवेदनशील क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको स्थलगत अनुगमन गर्दै सीमाक्षेत्रमा सुरक्षा सुदृढीकरणमा सक्रियता देखाएका छन्।

बुधबार गरिएको अनुगमनका क्रममा प्रजिअ तामाङले गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहसँग भेट गरी सामाजिक सद्भाव, कानूनको शासन र जनमैत्री सेवा प्रवाहमा प्रभावकारिता बढाउन आग्रह गर्नुभयो।

उनी सुइया र बघौडा सीमाक्षेत्र पुगेर भारत–नेपाल सीमाबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रणमा खरो रूपमा प्रस्तुत हुन सुरक्षाका निकायलाई निर्देशन दिनुभयो। उनले बिना भन्सार नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनमा निगरानी बढाउन र कानुन विपरीत कार्य गर्ने जोसुकैलाई पनि पद वा परिचयका आधारमा संरक्षण नगरी कारबाही गर्न आदेश दिनुभयो।

“राजनीतिक दबाबमा होइन, कानून र सरकारको मर्मअनुसार निष्पक्ष रूपमा काम गर्नुपर्ने बेला यही हो,” प्रजिअ तामाङले जोड दिनुभयो।

सो अवसरमा गाउँपालिका अध्यक्ष शाहले सीमामा भन्सार नहुँदा स्थानीयवासीले दैनिक सास्ती भोगिरहेको बताउँदै तत्काल छोटी भन्सार स्थापना गर्न माग गरे। जवाफमा प्रजिअ तामाङले भन्सार स्थापनासम्बन्धी विषय संघीय सरकारलाई जानकारी गराउने प्रतिबद्धता जनाउँदै निर्णय नहुँदासम्म नेपालगञ्ज भन्सार प्रयोग गर्न सुझाव दिनुभयो।

अनुगमन टोलीमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान विभागका उपमहानिर्देशकसहितका अधिकारीहरूको सहभागिता थियो।

पदभार सम्हालेको तेस्रो दिनमै प्रजिअ तामाङको सक्रियता : सीमाक्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि कडा निर्देशन

विद्यार्थीको आँखामा नयाँ उज्यालो — कनक मुनि

पदभार सम्हालेको तेस्रो दिनमै प्रजिअ तामाङको सक्रियता : सीमाक्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि कडा निर्देशन

छुटिएर समाजवादीमा गएका नेता कार्यकर्तालाई एमालेमै फर्कन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds