विद्यार्थीको आँखामा नयाँ उज्यालो — कनक मुनि माविमा ६०९ जनाको निःशुल्क आँखा परीक्षण सम्पन्न

२०, कार्तिक २०८२

कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरमा रहेको श्री कनक मुनि माध्यमिक विद्यालयमा मङ्गलबार शिक्षक र विद्यार्थीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।
मित्र समाजको आयोजना, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सहयोग तथा किड्स कपिलवस्तु र कपिलवस्तु नगरपालिका–९ को समन्वयमा सम्पन्न शिविरमा विद्यार्थी, शिक्षक, र अभिभावक गरी ६०९ जनाको आँखा परीक्षण गरिएको थियो।

तीमध्ये ७२ जनामा दृष्टि समस्या पहिचान गरी निःशुल्क चस्मा वितरण गरिएको र ४ जनालाई जटिल समस्याका कारण थप उपचारका लागि सिफारिस गरिएको प्राविधिक टोलीकी सैलजा आचार्यले जानकारी दिनुभयो। शिविरमा नुवाकोट आइ केयर सेन्टरको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य पन्थीले आँखा स्वास्थकोएकदमै संवेदनशील विषय भएको बताउँदै यस्ता शिविरहरूले विद्यार्थीहरूको जीवन उज्यालो बनाउन ठूलो योगदान पुर्‍याउने उल्लेख गर्नुभयो। उहाँले मित्र समाज, स्ट्यान्डर्ड चार्टर्ड बैंक र किड्स कपिलवस्तुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता स्वास्थ्य–सम्बन्धी पहललाई निरन्तरता दिन सुझाव दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. अब्दुल रशीद खाँले विद्यालयमा पहिलोपटक यति व्यापक आँखा शिविर आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै विद्यार्थीहरूको दृष्टि समस्याको पहिचान र उपचारले उनीहरूको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

 

विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर खत्रीले विद्यालयमा शिक्षासँगै स्वास्थ्यप्रतिको सचेतना पनि अत्यावश्यक रहेको बताउँदै सहयोगी संस्था र प्राविधिक टोलीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले “विद्यार्थीहरूको आँखामा नयाँ उज्यालो ल्याउन सफल यस कार्यक्रमले विद्यालय समुदायमा प्रेरणा थपेको छ,” भन्नुभयो।

मित्र समाज काठमाडौँका कार्यक्रम व्यवस्थापक अनिलकुमार पौडेलले देशभरका सातै प्रदेशमा आँखा परीक्षण कार्यक्रम सञ्चालन भइरहेको बताउँदै, “लुम्बिनी प्रदेशको कपिलवस्तुको कनक मुनि विद्यालयसँगै सुदूरपश्चिम प्रदेशको अछाम र कर्णाली प्रदेशको कालिकोटमा पनि यो शिविर सञ्चालन गरिएको जानकारी दिनुभएको छ।

शिविरमा सहभागी विद्यार्थीहरूले निःशुल्क आँखा परीक्षण गर्न पाउँदा खुसी व्यक्त गरे। कतिपयले निशुल्क चस्मा पाउने भए पछि “अब पढ्न सजिलो भयो” भन्दै हर्ष व्यक्त गरेका थिए।

कार्यक्रम किड्स कपिलवस्तुका कार्यकारी निर्देशक कृष्ण द्वीवेदी, , परियोजना संयोजक असगर हुसेन धुनिया, विद्यालयका शिक्षक विद्यार्थी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।

 

विद्यार्थीको आँखामा नयाँ उज्यालो — कनक मुनि माविमा ६०९ जनाको निःशुल्क आँखा परीक्षण सम्पन्न

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

विद्यार्थीको आँखामा नयाँ उज्यालो — कनक मुनि माविमा ६०९ जनाको निःशुल्क आँखा परीक्षण सम्पन्न

पदभार सम्हालेको तेस्रो दिनमै प्रजिअ तामाङको सक्रियता

Leave a comment

Your email address will not be published. Required fields are marked *