सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

दुर्गा विसि
सल्यान ,१८ कात्तिक ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बनगाड कुपिण्डे नगरपालिका वडा नं १ सल्लिबजार सल्यान शाखा द्वारा मृत्युु दाबी र अन्य रकम गरि १३ लाख हस्तान्तरण गरिएको छ ।
सिटिजन वैदेशिक रोजगार बिमा योजना अन्तर्गत १० लाख बिमांक रकम र दाह सस्कार बापत १ लाख रकम र २ लाख आय नोक्सानी बापतको रकम गरि जम्मा रकम १३ लाख रुपैयाँ सिम्ता गाउपालिका वडा न,५ निबासी मृतक गोबिन्द बि.क कि श्रीमती सुसिला बि.कलाई उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ।
मृतक गोबिन्द बि.क केही महिना अघि मात्र वैदेशिक रोजगारी बाट फर्केर छिमेकी मुलुक भारतमा आफ्नो घरपरिवारको सपना अनि बच्चालाई पढाई लेखाइ खर्च जोहो गर्न मजदुरी गर्न भारत जानू भएको थियो । सडक दुर्घटनाना परि मृत्यु हुनु पुग्यो । केही दिन अगाडि मात्र उहाँको लास घरसम्म ल्याइएको थियो । कलिलै उमेरमा उहाँले ज्यान गुमाउदा सिङ्गो गाउने नै शोकमय वन्न पुग्यो ।त्यहि दुख लाई केही मलम पट्टी हुनेगरी बिमा रकम हस्तान्तरण गरिएको जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि सल्लिबजार शाखा प्रमुख मोलाल साहुको उपस्थितिमा बिमितको घरपरिवारलाई कार्यालयमै उपस्थिति गराइ भुक्तानी गरिएको जनाएको छ । शाखा प्रमुख साहुले जीवन बिमाको महत्व बुझाउदै जीवन बिमा आफू रहदा पनि आफू नरहदा पनि आर्थिक क्षेती हुनबाट वचाउने भएको हुदा सबैले जीवन बिमा गराउन सुझाव दिएको थियोे । आगामी दिनमा सम्पुर्ण कागजात समयमै उपलब्ध भए हप्ता दिनमै दाबी रकम हस्तान्तरण गर्न सकिने समेत जनाएको छ ।






