“जुम्लामा जेहेनदार युवालाई छात्रवृत्ति प्रदान”

गाेल्डेन बुढा

जुम्ला,१८ कात्तिक।
शिक्षा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै, सेवा र विकासका लागि युवाहरुको आयोजनामा र ओरेगन नेपाली समाज, अमेरिकाको सहयोगमा जुम्लास्थित श्री चन्दननाथ माध्यमिक विद्यालयमा दुईजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।यस कार्यक्रमले विद्यार्थीहरूलाई मात्र आर्थिक सहयोग प्रदान गरेको छैन, तर उनीहरूमा अनुशासन, आत्मविश्वास र भविष्य निर्माणको प्रेरणा जगाउने उद्देश्य पनि राखेको छ।कक्षा ८ का विद्यार्थी रिटन न्यौपाने र लक्ष्मी रोकायाले यस वर्षको जेहेनदार तथा लगनशील छात्रवृत्ति २०८२ अन्तर्गत जनही १४ हजार रुपैयाँ नगद, ‘औषधिको ज्ञान, स्वस्थ ध्यान’ पुस्तक र प्रमाणपत्र प्राप्त गरेका छन्।

विद्यालय प्रशासनले शैक्षिक उत्कृष्टता, अनुशासन र लगनशीलताको आधारमा उनीहरूलाई छात्रवृत्तिका लागि सिफारिस गरेको प्रधानाध्यापक टंकबहादुर महतले बताए।“विद्यार्थीहरूको निरन्तर अभ्यास, अनुशासन र लगनशीलताले उनीहरूलाई यो सम्मान दिलाएको हो। हाम्रो विद्यालयले जहिले पनि यस्ता विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने नीति लिने गरेको छ,” प्रधानाध्यापक महतले भने।कार्यक्रमका प्रमुख वक्ता, सेवा र विकासका लागि युवाका संस्थाका उपाध्यक्ष डा. दीर्घराज जोशी, ले उपस्थित विद्यार्थी र अभिभावकहरूलाई सम्बोधन गर्दै भने, “शिक्षा केवल पाठ्यपुस्तकको ज्ञान होइन। दृढ संकल्प, अनुशासन र निरन्तर प्रयत्नले असम्भव लाग्ने कार्य पनि सम्भव हुन्छ। तपाईंहरूले पाएको छात्रवृत्ति केवल सम्मान होइन, तपाईंहरूको मेहनतको प्रतिफल हो। यसलाई सदुपयोग गर्नुहोस् र अरु विद्यार्थीका लागि प्रेरणा बन्नुहोस्।”रिटन न्यौपानेले भने, “छात्रवृत्ति पाउँदा म अत्यन्त खुशी छु। यसले मेरो अध्ययनप्रतिको लगाव बढाउँछ र मलाई अझ मेहनत गर्न प्रेरित गर्छ। भविष्यमा म कठिनाइको सामना गर्दै आफ्नो लक्ष्य हासिल गर्ने योजना बनाइरहेको छु।”त्यसैगरी लक्ष्मी रोकायाले भनिन्, “म यो अवसर पाउँदा धन्य भएको महसुस गर्छु। मेरो लक्ष्य केवल राम्रो अंक ल्याउनु मात्र होइन, जेहेनदार विद्यार्थी बन्न र समाजमा योगदान पुर्‍याउनु हो। यो छात्रवृत्तिले मलाई थप मेहनत गर्न उत्प्रेरित गरेको छ।”विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भने, “यस प्रकारका परोपकारी छात्रवृत्तिले विद्यार्थीमा मात्र होइन, सम्पूर्ण समाजमा सकारात्मक प्रभाव पार्छ। हामीले जुम्ला जिल्लालाई छनोट गरेको कारण यहाँका विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसर बढी देखिएको हो।

यस्तो अभियानले शिक्षा र प्रेरणालाई सँगसँगै अघि बढाउनेछ।”उक्त कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। यसले कार्यक्रमको महत्व बढाएको मात्र होइन, विद्यार्थीमा आत्मविश्वास र अध्ययनप्रतिको उत्साह पनि जगाएको थियो।डा. जोशीले थप जानकारी दिँदै भने, “यस वर्ष देशभर ३५ जना जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। हामी भविष्यमा अझ धेरै विद्यार्थीलाई शैक्षिक सामग्री र प्रेरणा प्रदान गर्ने योजना बनाइरहेका छौं।

यो अभियानले केवल विद्यार्थीलाई प्रोत्साहित नगरी, समुदायमा शिक्षा र सेवा प्रतिको चेतना फैलाउने काम पनि गरिरहेको छ।”कार्यक्रममा उपस्थित अभिभावकहरुले भने, “हाम्रो बच्चा यस्तो अवसर पाउँदा हामी अत्यन्त गर्वित छौं। यसले उनीहरूको भविष्य निर्माणमा ठूलो भूमिका खेल्नेछ। समाजमा यस्ता प्रेरक कार्यक्रमहरू निरन्तर जारी रहुन् भन्ने हाम्रो आशा छ।”

“जुम्लामा जेहेनदार युवालाई छात्रवृत्ति प्रदान”

संविधानले दिएको अधिकारमा संघीय सरकारले अंकुश लगाउन

“जुम्लामा जेहेनदार युवालाई छात्रवृत्ति प्रदान”

कनकासुन्दरी -१ का वडा अध्यक्ष भण्डारीको जनार्दन

Leave a comment

Your email address will not be published. Required fields are marked *