जुम्लामा रास्वपाकाे हस्ताक्षर अभियान

गोल्डेन बुढा

जुम्ला,१८ असार।

राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाले सदरमुकाम खलंगामा हस्ताक्षर संकलन अभियान चलाएको छ। मंगलबारदेखि कृष्ण मन्दिर नजिकै हस्ताक्षर अभियान चलाइएको हो।रास्वपाका सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोध सादेको विरोधमा जनमत निर्माण गर्ने उद्देश्य छ।

मंगलबार साढे विहान ११ बजे सुरु गरिएको उक्त अभियान संघीय सांसद विनिता कठायतको हस्ताक्षरबाट औपचारिक रूपमा प्रारम्भ गरिएको थियोे। जुम्लामा स्थानी, सर्वसाधारण नागरिकको उल्लेखनीय उपस्थिति र समर्थन देखिएको रास्वपा जुम्लाका सचिव जगतबहादुर खत्रीले बताए।

खत्रीका पहिलो दिन ४ सय ५० जनाले हस्ताक्षर पुगेको थियो।मंगलबार भने समाचार तयार पार्दा सम्म, १ सय बढीले हस्ताक्षर गर्दै अभियानमा ऐक्यबद्धता जनाएका छन्।देशव्यापी तथा विदेशमा सञ्चालन भइरहेको यस अभियानमार्फत रास्वपाले न्याय, समानता र सत्ता दुरुपयोगविरुद्ध जनचेतना अभिवृद्धि गर्दै लोकतान्त्रिक मूल्यको संरक्षण गर्न लागिपरेको जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds