अझै खुलेन कर्णाली राजमार्ग

गाेल्डेन बुढा 

जुम्ला,१६ भदौ।
जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचाैर गाउँका बालराम नेपालीले आइतबार बिहान नेपालगन्जदेखि बाइक जुम्लाकाे यात्रा सरु गरे। उनी विहान ठिक ११ बजे गगने खाेलामा पुगे।माथिबाट खसेको पहिरोले सडक बन्दले बालराम जुम्ला पुग्न सकेनन्। दिउँसोभर गगने खाेेला निरन्तर परिरहेको पानी बसे।साझपख पनि सडक खुलेन।रातभरि पानीले झन सास्ती दियाे।विजाेग बनायो।उनलेे फाेनमा भने,स-साना सवारीसाधन चल्ने अवस्था छैन।ठुलो सवारीसाधन गाह्राे छ,खुल्न अझै समय लाग्नेछ।

डाेल्पा,हुम्ला,मुगु,जुम्ला र कालिकोटका यात्रुहरु बिचल्लीमा परेका नेपालीले बताए।महिला,बालबालिका,जेष्ठनागरिक,अपांगहरु पिडा खेप्नुपरेको छ।उनलेे भने,के खाने कहाँ बस्ने, समस्या छ।शनिबारदेखि पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग अझैसम्म खुल्न सकेको छैन।सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको शुभकालिका-१ गगने खोलामा गएको पहिरोसँगै खसेको ठूलो ढुंगा फुटाउन नसक्दा अवरुद्ध सडक खुल्न नसकेको हो।पहिरो पन्छाउन आइतबार बिहानदेखि दुई वटा एक्स्काभेटर लगाइए पनि ठूलठूला ढुंगा पन्छाउन नसकिँदा सडक खुल्न नसकेको डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।

सम्भव नभएन विस्फोट गरेर भए पनि खुलाउने तयारी भइरहेको छ।गगने खोलाको पहिरोले नागरिकले दुःख पाएकाले ठूला ढुंगा फुटाउन मेसिन (ब्रेकर) लगाएर होल खोप्न सुरु गरिसकेको र विस्फोटनको लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर रक्षा मन्त्रालयको स्वीकृतिका लागि अनुरोध गरिएको छ। पहल जारी छ’ठूलो ढुंगा विस्फोटन गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आज नै नेपाली सेनाले विस्फोट गरेर सडक खुलाउँछौं ।’३ दिनदेखि सडक अवरुद्ध हुँदा नागरिकलाई सास्ती भएको छ ।

अझै खुलेन कर्णाली राजमार्ग

पाँच दिनपछि खुल्यो,जुम्लाको सिंजा गाउँपालिकाकाे ताला

Leave a comment

Your email address will not be published. Required fields are marked *