एक साताभित्र माग सम्बोधन नभएसरकारविरुद्ध उत्रने चेतावनी
ओम शाही
सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले पत्रकारमाथीको हिंसात्मक आक्रमणको भत्र्सना गर्दै ध्यानाकर्षण गराएको छ। महासंघले सोमबार जिल्ला प्रशासन कार्यालय सुर्खेत र कर्णाली प्रदेश सरकारमार्फतसंघीय सरकारलाई ध्यानकर्षण गराएको हो।नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलरअनुसार पत्रकार हत्या र मिडियामाथी भएको तोडफोड तथा आगजनीको विरोध एवं दोषी उपर कारबाहीको माग गर्दै मुख्यमन्त्री कँडेलमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । साथै कर्णाली प्रदेशका १० वटै जिल्ला शाखाहरूले पनि प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समर्थकको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले विभिन्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको विरोधमामहासंघले सरकारको ध्यानाकर्षण गराएको हो । उक्त दिन भिडियो खिच्ने क्रममा आन्दोलनकारीले व्यक्तिगत घरमा लगाएको आगलागीमा परी पत्रकार सुरेश रजककोजलेर मृत्यु भएको थियो। अराजक आन्दोलनकारीले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइतलामा आगो लगाउनुका साथै ढुंगामुढामा रकान्तिपुर टेलिभिजनको भवनमा क्षति पु¥याएका थिए ।
त्यस्तै, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड, पत्रकार दिनेश गौतममाथी भएको आक्रमणबाटउनको खुट्टा भाँचिएको थियो, भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियो।हिंसात्मक प्रदर्शनबाट घटेका घटनाप्रति महासंघ गम्भीर भएको बताउँदै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले संयुक्त रुपमा ध्यानार्कषण पत्र बुझाएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायमार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे अनुसन्धान गरी घटनामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्नुपर्ने माग महासंघको छ । साथै, मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने महासंघले जोडदार माग गरेको छ ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश उपाध्यक्ष लक्ष्मण केसीले सोमबार महासंघको केन्द्रीय निर्देशन अनुसार कर्णाली प्रदेशका सबै शाखाहरुले सरकारलाई ध्यानाकर्षण गरिएको बताए। उपाध्यक्ष केसीले आन्दोलनका क्रममा क्षति पु¥याइएका सञ्चारगृहलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको उचित प्रवन्ध मिलाउन महासंघले माग गरेको उनले बताए । विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनामा संलग्नहरूलाई तत्काल कानुनी कारवाही गरी भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको ग्यारेण्टी राज्यले मिलाउनु पर्ने जोडदार माग गरिएको छ । महासंघले राखेका माग एक साताभित्र सम्बोधन हुने विश्वसनीय आधार निर्माण नभए महासंघ देशव्यापीरुपमा सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी महासंघको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले महासंघले राखेका मागगृहमन्त्रालयमार्फत सरकारलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए । आन्दोलनका नाममा पत्रकार र सञ्चार गृह माथी हमला हुनु दुखद् रहेको उल्लेख गर्दै प्रजिअ उपाध्यायले आन्दोलनका नाममा कसैलाई पनि अराजकता फैलाउन छुट नभएको बताए । अराजकता फैलाउनेलाई अबिलम्व कारबाही हुनुपर्ने उनको भनाई थियो ।
व्यक्तिवादले प्रसय पाउँदैन ः मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले व्यक्ति विशेषका व्यवस्थाले प्रसय नपाउने बताएका छन् । पत्रकार महासंघ कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला शाखाले पत्रकार र सञ्चार माध्यममा भएको सांघातिक आक्रमणको विरोध गर्दै संघीय सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै कँडेलले जनताले अस्वीकृत गरिसकेको परिवारवादले पुनःमौका नपाउने दावी गरे ।
महासंघले बुझाएको पत्रमा प्रदेश सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै कँडेललेसंघीय सरकारलाई जानकारी गराउने बताए । गणतन्त्रमा व्यक्ति विशेषको कमजोरीले प्रश्न उठ्नु स्वभाविक हुने उल्लेख गर्दै मुख्यमन्त्री कँडेललेगणतन्त्रको विकल्प राजतन्त्र नभएको दावी गरे ।
‘लोकतान्त्रिक व्यवस्थामा नेतृत्वमा रहेकाहरुको विरोध गर्न पाइन्छ ।उनीहरुकोविकल्प खोज्न पाइन्छ । त्यसैका लागि हाम्रो संविधानलेपाँच बर्षमा आवधिक चुनाव हुनेपरिकल्पना गरेको छ,’ उनले भने, ‘तर, व्यक्ति विशेष, ठाउँ विशेष र घटना विशेषका कमजोरी देखाएर व्यवस्थाको विरोध गर्न पाइदैन ।’स्वतन्त्ररुपमा बोल्न पाउनुलोकतन्त्रको सुन्दर पक्ष भएकोदावी गर्दै उनले राजतन्त्र फिर्तिको प्रारम्भमै दुखद् घटना घटेको बताए ।
पुराना पुस्ताले राजतन्त्रको सामना गरेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले राजावादी समर्थकले तिनकुनेमा प्रदर्शन गरेको अराजक आन्दोलनमार्फत नयाँ पुस्तालाई जान्ने अवसर मिलेको दावी गरे । जात र व्यक्ति विशेष आन्दोलनको कुनै अर्थ नभएको उनले बताए । नेपालको राजनीतिक परिवर्तनको क्रममा भएका आन्दोलनमा सिङ्गो पत्रकारिताक्षेत्रको भुमिका महत्वपूर्ण भएको उल्लेख गर्दै कँडेलले तिनकुनेको घटना पुनः दोहरिन नुहुने बताए । आम पत्रकारहरुको पेशागत हकहित, सुरक्षा र स्वतन्त्र प्रेसको सुनिश्चिततामा प्रदेश सरकारप्रतिवद्ध रहेको मुख्यमन्त्री कँडेलको दावी थियो ।





