जुम्लामा वडा सदस्यबाट एक बालिका बेपत्ता

जुम्लामा एक बालिकालाई बेपत्ता पारिएको छ। यहीँ माघ १० गतेदेखि बेपत्ता पारिएकाे हो। बेपत्ता हुनेमा सिंजा गाउँपालिका-६ जाेडु गाउँकी १४ वर्षकी रमिशा बुढा हुन् । रमिशाकी आमा बिस्नकली बुढाका अनुसार उनी भेडा चराउन गएकी थिइन् । सिँजा गाउँपालिका -५ गाेरा गाउँकी महिला वडा सदस्य पाल्ती रावललेकाे समुहले बेपत्ता पारेको बिस्नकली बताउँछिन्। वडा सदस्यकै समूहबाट बेपत्ताकाे अाराेप लागेपछि सबैतिर अालाेचना भएकाे छ ।

आफ्नो वनमा भेडा चराउन किन  ल्याएको भन्दै अाक्राेशित हुँदै बेपत्ता बनाएकाे आराेप लगाए ३ वटा भेडो खाेसेर छाेरीलाई बेपत्ताको पारिएकाे बताइन् । उनले नजिकैको शनिगाउँ प्रहरी चाैकीलाई बेपत्ता पारिएकाे भन्दै किटानी जाहेरी दिएकी छिन्।

एक खसी मुल्य १५ हजार पर्न जाने रमिशाका बाजे अम्रिते रावतले बताए । रमिशा माध्यमिक विद्यालय जाेडुमा कक्षा ७ मा अध्ययनरत थिइन् । उनको खोजी भइरहेको शनिगाँउ प्रहरी चाैकीले जनाएको छ।

यता शनिगाउँ प्रहरी चाैकीका हवल्दार सुरेस प्रसाद भट्टले बालिकाकि आमाले दुई जनाको नाममा निवेदन दिएको बताए।मुनुकली रावल र पाल्ती रावलकाे नाममा निवेदन दिएकी हुन्। जिल्लामा रहेको महिला तथा बालबालिका सेललाई खाेजतलासका लागि पत्राचार गरेको बताए।

जुम्लामा वडा सदस्यबाट एक बालिका बेपत्ता

YUGAAWHAN NATIONAL DAILY (2080-10-17)

जुम्लामा वडा सदस्यबाट एक बालिका बेपत्ता

सम्पादकीय : कैलाश मानसरोवरबाट लाभ किन नलिने