समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामुलक


जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहत समेतले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामुलक कार्यक्रम गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बोटेचौर सुर्खेतबाट प्र.स.ह. विशाल वलीको कमाण्डमा २ जनाको प्रहरी टोली खटिई जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं.४ स्थित पोखरा टोलमा वडाका वडा सदस्य ज्ञान बहादुर डाँगीको संयोजकत्वमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

स्थानिय समाजसेवी, वुद्धिजिवी र सर्वसाधरणहरु गरी २२÷२५ जनाको उपस्थितिमा साईबर अपराध न्यूनिकरण सम्बन्धी जानकारी गराइएको थियो ।
यसैगरी वीरेन्द्रनगर नगरपालिका वडा नं.१४ स्थित वडा कार्यालयको सभा हलमा र प्रहरी चौकी गुमी सुर्खेतबाट प्र.स.नि. प्रेम बहादुर गुरुङको कमाण्डमा २ जनाको प्रहरी टोली खटिई जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका –१४ स्थित जहरे टोलमा पनि कार्यक्रम गरिएको हो ।
वडाको आर्थिक सहयोग र नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको आयोजनामा कार्यक्रम गरिएको प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधी, समाजसेवी, वुद्धिजिवी, शिक्षक, कर्मचारी र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।






