डोल्पाको शे–फोक्सुण्डोमा १२ वर्षे मेला लाग्ने


हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा बाह्र वर्षे शे–मेला लाग्ने भएको छ । वडा नम्बर ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा आगामी भदौ १६ गतेदेखि १९ सम्म मेला सञ्चालन हुने छ ।
दर्शन शेल रिवो डुग्ड्राको,आर्जन विश्व शान्तिको भन्ने मुल नाराका साथ ६७ औँ मेला सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष तथा प्रचारप्रसार उप समितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिए । प्रत्येक १२ वर्षमा एक पटक लाग्ने मेला विश्व शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा सांस्कृतिक पहिचान समेत झल्काउने बताए ।
‘यो मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचार प्रचार हुने अपेक्षा छ, त्यतिमात्र नभइ प्रचुर पर्यटकिय सम्भावना बोकेको डोल्पाका पर्यटकियस्थलको प्रवर्द्धन,विकास एवं चिनारी समेत स्थापित गर्नेछ,’उनले भने ।






