हावाहुरीले जाजरकोटमा क्षति

शनिवार दिउसो आएको हावाहुरी र वर्षाले जाजरकोटमा क्षति पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार फुस र टिनको छानो भएका घर टहरा र सरकारी भवनका छानोहरु उडाएको छ । हुरीले विद्युत र टेलिफोन सेवा अवरुद्ध समेत भएको छ ।
मानवीय र चौपाया क्षति भएको खबर भने अहिलेसम्म नआएको जनाइएको छ ।







