तनहुँ बस दुर्घटना: १४ जनाको मृत्यु, १६ घाइते


तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिए ।

उनले घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको जानकारी दिए ।

भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो ।

तनहुँ बस दुर्घटना: १४ जनाको मृत्यु, १६ घाइते

जुम्लाबाट ४० करोडको स्याउ निर्यात हुने अनुमान

तनहुँ बस दुर्घटना: १४ जनाको मृत्यु, १६ घाइते

नेपालगञ्जको कान्तितालमा चराको बासस्थान सङ्कटमा