हिउँ नपर्दा किसान चिन्तित

जुम्लामा गतवर्ष मंसिरमा नै हिमपात भएको थियो। यति छिटै हिउँ विरलै पर्ने गर्छ । प्रायः यहाँ मंसिर अन्तिमदेखि मात्र हिमपात सुरु हुन्छ । चिसो र हिमपात छल्न जुम्लीहरु कात्तिक अन्तिम र मंसिर पहिलो साता काठमाडौं, सुर्खेत,नेपालगन्ज, बेंसीसहर झर्ने गर्छन् । ‘मंसिरदेखि नै प्रायः जसो हिमपात हुन्थ्यो ।

अहिले त माघ महिनाको पहिलो साता पनि कटिसक्यो, तैपनि हिउँ परेन,’जुम्ला पातारासी गाउँपालिका –४ विरहादुर रोकायाले भने, ‘आकाशमा अलिअलि मात्र बादल देखिन्छ । हिउँ पर्ने अझै कुनै छाँटकाँट छैन ।’ तापक्रम भने निकै घटेर मौसम चिसिएको उनले बताए।हिजोआज आकाशमा कतैकतै बादल लागेको छ।उक्त वडाकी जिरा महताराले मौसम निकै चिसिए पनि हिउँ पर्न नसकेको बताइन्।

विगतमा यतिबेला हिउँले ढाकिएको जुम्ला अहिले सुक्खा छ । हिमालको हिउँ पनि पग्लिएको छ । ‘यो बेला हिउँ पर्नुपर्ने हो।,’महताराले भनिन् । ‘अहिले हिउँ परे पो जमिनमुनि चिस्यान पुग्छ । अहिले हिउँ परेन भने खेतीबाली राम्रो हुँदैन।’यता पातारासी गाउँपालिका अन्तर्गतको कृषि शाखा प्रमुख रुपक बुढा अहिलेसम्म जुम्लामा हिमपात नभएको बताए।अझै हिउँ पर्ने छाँटकाँट छैन,’ उनले भने। समयमा हिउँ नपर्दा खेतीबाली उत्पादनमा ह्रास आउँछ।

‘यहाँको मुख्य बाली जौँ,गहुँ र उवा हो।यि बालीलाई पुसमा हिउँ पर्नुपर्छ, तबमात्र माटो भिज्छ,’ उनले भने, ‘जमिन तातिएपछि हिउँ पर्नाले हिउँको पानी तल जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई असर गर्छ ।’ उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउलाई असर पर्छ । ‘स्याउ फुल्ने भनेको फागुन, चैतमा हो।हिउँ परेमा खेती गर्न सहज हुन्छ। उत्पादन पनि बढ्छ।किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैन’, उनले भने। केही वर्ष अघि तिर,यतिबेला खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे। यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन्। विगतमा डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो।

चारैतिर सेता हिमाल टल्किन्थे। यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ। हिमपातमा कमी आउन थालेपछि  स्थानीयवासी चिन्तित बनेका छन्।जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको किसान बताउँछन्। हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन्।पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ पनि नपरेको अर्का किसान रामबहादुर बोहोरा बताउँछन्।सहि याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका देखिन्छन्।

सुख्खायाममा प्रतिष्ठानमा बिरामीको चाप

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डाक्टर पुजन रोकायाले हिमपात नभएका कारण रुघाखोकी,भाइरल निमोनिया, दमरोगी र ज्वरोका बिरामी अत्यधिक बढेको बताए।उनले भने,पहिले तुलनामा प्रतिष्ठान बिरामीको चाप देखिएको छ।रोकाया अनुसार दिनहुँ १ सय ५० भन्दा बढी बिरामी पुग्ने गरेको सुनाउँछन्।

हालसम्म हिउँ नपरेका कारण जताततै हावासंगै धुँवा र धुलो उड्ने भएकोले सुख्खायातमा चिसोका कारण फैलन सक्ने रोगबाट सचेत रहन डाक्टर रोकायले बताए।सधैंभरि सागपात,गेडागुडी र झोलीला खाने कुरा खान बाहिर निस्कदा माक्स,पञ्जा र टोपी अनिवार्य लगाउन सुझाव दिए।

हिउँ नपर्दा किसान चिन्तित

साँघुरो सडकका कारण सल्लिवजारमा दैनिकी दुर्घटना वढ्न

हिउँ नपर्दा किसान चिन्तित

पुनर्निर्माणको काम छिटो गराै : मुख्यमन्त्री शर्मा