सरसफाई कर्ताले गरे न्यूनतम् पारिश्रमिकको माग

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत सरसफाई कर्ताले न्यूनतम् पारिश्रमिक माग गरेका छन् । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम संवत् २०८० साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम् पारिश्रमिक १७ हजार तीन सय रुपियाँ तोकेको छ ।

सोही बमोजिम नै पारिश्रमिक नै पाउनु पर्ने माग गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत सरसफाई कर्ता १४ हजार १ सय ५० रुपियाँ मात्रै मासिक सेवासुविधा पाएपछि श्रम ऐन अनुसार तोकेको न्यूनतम् पारिश्रमिक माग गरेका हुन् । प्रतिष्ठानमा कार्यरत सरसफाई कर्ता चन्दननाथ नगरपालिका– ३ की सरिता कामीका अनुसार राज्यले तोकेको न्यूनतम् पारिश्रमिक पनि पाएका छैनौँ । उनले भनिन्, काम गर्दै आएको पाँच वर्ष भयो ।

अहिलेसम्म नियूक्ति पनि दिएको छैन । ०८० साउन देखि तीन हजार पाँच सय रुपियाँ मासिक तलव बृद्धि भएको भन्ने सुनिएको छ । तर त्यो बृद्धि भएको तलब पनि पाएका छैनौँ ।दैनिक ८ घण्टा श्रम (डियूटि) गर्दै आएका छौँ । स्वास्थ्य देखि जोखिम बीमा पनि नगरिएको उनले गुनासो गरिन् । सार्वजनिक विदादेखि दसैं भत्ता पनि दिने गरिएको छैन, उनले दुखेसो पोखिन् ।प्रतिष्ठानका प्रशासकिय अधिकृत द्धन्द्धबहादुर शाहीका अनुसार यहाँ ५६ जना सरसफाई कर्ता र ३८ जना सुरक्षा गार्ड कार्यरत छन् । उनले भने श्रम ऐन लागु हुनु अघि सार्वजनिक खरिद ऐन अनुसार घटीघटाउ टेण्डर अनुसार सुरक्षा गार्ड र सरसफाई कर्ता आएका हुन् ।

प्रतिष्ठानले टेण्डर गरेपछि क्रिस सेकुरेटी एण्ड म्यान पावर सप्लायर्स कम्पनी नेपालगज्जले प्रतिव्यक्ति १० हजार पाँच सय रुपियाँ मासिक सेवासुविधा दिने गरी सरसफाई कर्ता र सुरक्षा गार्ड भर्ना गरेको हो । हरेक वर्ष १० प्रतिशत सेवासुविधा बृद्धि हुने गरी कम्पनीसँग सम्झौता भएको थियो । अहिले उनीहरुको पारिश्रमिक १४ हजार १ सय ५० रुपियाँ पुगेको उनले बताए ।

उनले भने श्रम ऐन लागु भएदेखि न्यूनतम् पारिश्रमिक नै लागु गर्ने गरी प्रतिष्ठानका पदाधिकारीसँग छलफल भईरहेको छ । अब न्यूनतम् पारिश्रमिक नै लागु हुन्छ होला ।

सरसफाई कर्ताले गरे न्यूनतम् पारिश्रमिकको माग

पीडित परिवारसँगको सहमती भएन कार्यान्वयन

सरसफाई कर्ताले गरे न्यूनतम् पारिश्रमिकको माग

तीन वर्षपछि मार्सी रोप्ने तयारीमा रामबहादुर नेपाली

This will close in 0 seconds