एमाले सुर्खेतको नवौँ अधिवेशन, आधा दर्जन आकांक्षी ?

सुर्खेत, ७ चैत्र
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौँ जिल्ला अधिवेशन बिहीबार भोलि देखि सुरु हुँदैछ । अधिवेशनको पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्दै छन् । यस्तै, बन्दसत्रमा राजनीति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने समय तालिका रहेको छ ।

एमाले सुर्खेतको नेतृत्व (अध्यक्ष) का लागि धेरै नेताहरु आकांक्षी देखिएका छन् । हाल एमाले सुर्खेतमा तिन गुटका नेताहरुले नेतृत्वको आकांक्षी देखिएको एमाले नेताहरूले बताएका छन् ।

सुर्खेतको नेतृत्व चयनका लागि पहिलो प्राथमिकतामा सहमति गर्ने नभए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी रहेको प्रचारप्रसार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए ।

जति सक्दो हामी नेतृत्व सहितका पदाधिकारी सदस्य सहमतीय कै आधारमा टुंगो लगाउने प्रयासमा गर्नेछौं ।,’ ‘एमाले प्रचारप्रसार विभाग प्रमुख तिमिल्सिनाले भने, ‘सहमति जुट्ने अवस्था नआएको खण्डमा हामी चुनावी प्रक्रियामा जानेछ।’

एमाले सुर्खेत नेतृत्वका लागि (दैलेख जिल्ला ईन्चार्ज तथा संसदीय दलका नेता) यामलाल कँडेल, (केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चार्ज) नवराज रावत र (सुर्खेत जिल्ला ईन्चार्ज) गोरख बहादुर बोगटि निकट नेताहरू देखिएका छन् ।

कँडेल समूहबाट कुलमणि देवकोटा र कविन्द्र केसी देखिएका छन् भने बोगटि र रावतको समूहबाट अमृत बहादुर बिसि र दण्डीप्रसाद शर्मा देखिएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमा फर्किएका मोहन बडुवालले पनि अध्यक्षको आकांक्षा राखेका छन् ।

आकांक्षीहरु विसि वर्तमान अध्यक्ष हुन भने देवकोटा जिल्ला कमिटी उपाध्यक्ष हुन् । यस्तै, शर्मा ८ औँ अधिवेशनका प्रत्यासी हुन भने केसि बहालवाला सचिव हुन् । साथै, सचिवमा घनश्याम पाण्डे, गंगाराम तिमिल्सिना, डम्बर तिवारी, पूर्णप्रसाद पौडेल, हरिप्रसाद अधिकारी, ताराकेशर गौतम र टेकेन्द्र बस्नेत लगायतका नेताले आकांक्षा देखाएको एमाले नेताले जानकारी दिएका छन् ।

अधिवेशनका लागि ९ वटा स्थानीय तह र पार्टीका विभिन्न जनवर्गीय संगठनबाट गरेर करिब ४९५ जना प्रतिनिधि छनौट भएका छन् । जसमा सल्लाहकार २५, जनवर्गीय संगठन ४२, आयोजक १२७, दलित समावेशी कलस्टर ६९ र अन्य कलस्टर २३२ रहेका छन् । अधिवेशन भोलि बुधबार ११ बजे वीरेन्द्रनगरको सिटी हलमा सुरु हुनेछ ।

एमाले सुर्खेतको नवौँ अधिवेशन, आधा दर्जन आकांक्षी ?

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

एमाले सुर्खेतको नवौँ अधिवेशन, आधा दर्जन आकांक्षी ?

कालीकोटमा डढेलोमा परी घाइते बुवा–छोरीकै निधन