कालीकोटमा डढेलोमा परी घाइते बुवा–छोरीकै निधन

जुम्ला, ८ चैत्र ।
कालिकोट जिल्लाको खाडाचक्र ५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते ५० वर्षीय नन्दराम चौलागाईंको बुधबार मृत्यु भएको छ । यहीँ चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो ।

उनलाई ४ दिनदेखि आईसीयूमा राखिएको थियो । उपचारका लागि सबै प्रयास गरे पनि सफल नभएको डा. केएन पौडेलले बताए । चौलागाईंको बिहीबार (आज) सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हिरामणि चौलागाईंले बताए ।

आगोमा जलेर घाइते भएकी उनकी १२ वर्षीया छोरी हेमन्तीको सोमबार दिउँसो मृत्यु भएको थियो । शुक्रबार घर मुनिको वनमा गोठालो गएका बुबालाई दिउँसोको खाजा रोटी पुरयाउन गएकी हेमन्ती र उनका बुबा आगोमा जलेर घाइते भएका थिए ।

उनीहरुका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए । घाइते दुवै बाबुछोरीलाई शनिबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देखि थप उपचारका लागि बेलुकी हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो ।

कालीकोटमा डढेलोमा परी घाइते बुवा–छोरीकै निधन

एमाले सुर्खेतको नवौँ अधिवेशन, आधा दर्जन आकांक्षी

कालीकोटमा डढेलोमा परी घाइते बुवा–छोरीकै निधन

भाडामा लगाइएको जग्गा : जिसस प्रमुख र