आगलागीबाट जलेर घाइते भएका बाबुछोरीलाई काठमाडौ लगियो

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाबुछोरी जलेर घाइते भएका बाबुछोरीलाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि काठमाडौ लगिएको छ।

साथमा प्रतिष्ठानमा की डाक्टर प्रमिला पुन र निज घाइतेको भतिजा बर्ष ३२ को रबिन्द्र चौलागाईंलाई लगेर गएको हो।नेपाली सेनाको ल्ब् ण्टट नम्बरको हेलिकप्टरबाट सुर्खेत टेकअप गरेर लगिएको छ।

घाइते भएका खाँडाचक्र–५ ढाड गाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीलाई प्रतिष्ठानले रेफर गरेपछि थप उपचारका लागि काठमाडौ लगिएको हो।रेफर गरिएका बाबुछोरीको अवस्था जटिल रहेको प्रतिष्ठान जुम्लाले जनाएको छ।

शुक्रबार दिउँसो ३ बजे गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन गएको बेला दुवै जना आगोले जलेर घाइते भएका थिए।सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु वनमा लागेको आगो निभाउन लाग्दा जलेर घाइते भएका हुन्।

आगलागीबाट जलेर घाइते भएका बाबुछोरीलाई काठमाडौ लगियो

करेन्ट लागेर एक जनाको मृत्यु

आगलागीबाट जलेर घाइते भएका बाबुछोरीलाई काठमाडौ लगियो

YUGAAWHAN NATIONAL DAILY (2080-12-04)