घुस नदिएपछी निर्घात कुटपिट


शुभकालिका गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले स्थानीय जक्त बहादुर शाहीलाई कुटपिट गरेका छन् ।
विश्व खाद्य कार्यक्रम र शुभकालिका गाउँपालिकाको साझेदारीमा वडा नं. ७ र ८ को सडक विस्तार उपभोक्ता समितिको अध्यक्ष रहेका जक्त बहादुर शाहीलाई कुटपिट भएको नेपाल राष्टिय शिक्षक संगठन कर्णाली प्रदेश समिति उपाध्यक्ष दिप बहादुर शाहीले बताए ।
जक्त बहादुर शाहीका अनुसार ४५ लाखको योजनामा ५ प्रतिशत वडा अध्यक्षले मागेको र आफुले नदिएको कारण आफुमाथि निर्घात कुटपिट भएको बताएका छन् । ४५ लाखको ५ प्रतिशतले हुन आउने रकमको २ लाख,२५ हजार वडा अध्यक्षले मागेको र आफुले वडा अध्यक्षलाई नदिई कामदारको खातामा रकम जम्मा गरेका कारण कुटपिट गरेको जक्त बहादुर शाही बताउछन् ।
वडा अध्यक्ष शाहीले शुभकालिका गाउँपालिका वडा नं. ७ को मेलमिलाप तथा न्यायिक समिति अगाडी सार्वजनिक सडकमा कुटपिट गरेका हुन ।
२ लाख २५ हजार रकममा वडा अध्यक्ष सहित २ जना वडा सदस्यको पनी मिलोमत्तो रहेको उपभोक्ता समितिका अध्यक्ष जक्त बहादुर शाही बताउछन् । उपभोक्ता समिति अध्यक्ष शाहीका अनुसार वडा सदस्य हरि प्रसाद जैसी र नरदल शाही पनी वडा अध्यक्ष संग मिलेको उनले बताएका छन् । स्थानीय बासीहरुले कमिसन खोर वडा अध्यक्ष चाहिदैन,जनता पिट्न पाईदैन ,कमिसन खोर वडा अध्यक्ष राजिनमा दे भन्दै आन्दोलित भएका छन् । शुभकालिका गाउँपालिका वडा नं. ७ मा विभिन्न नारा लगाउदै पिडित जक्त बहादुर शाहीलाई न्याय दे भन्दै नारा लगाइरहेका छन् ।
वडा अध्यक्ष शाहीका आफन्तले स्थानीय चौकी बजारमा आफ्ना भाई कृष्ण बहादुर शाही र छोरा डिकेन्द्र शाही लगाएर कुटपिट पनी गरेका छन् । बन्चरो समेत देखाएर ज्यान मार्ने धम्की दिएको जक्त बहादुर शाहीले बताए ।
यस विषयमा शुभकालिका गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीलाई बुझ्दा आफुसंग कुनै किसिमको सर सल्लाह नगरेर मनपढी ढंगले काम गरेको आरोप लगाएका छन् । योजनाको काम राम्रो भएको तर रकम भुक्तानीका विषयमा सल्लाह नगरेका कारण सामान्य बोलचाल भएको बताएका छन् । पिडित जक्त बहादुर शाही नेकपा एमाले शुभकालिका गाउँ कमिटि सदस्य समेत हुन ।






