पाँच हजार बढी बालबालिका आई.पि. भी.खोप बाट लाभान्वित हुदै


जुम्लाका ५ हजार ५ सय २८ सय जना बालबालिकाले आई.पि. भी.खोपबाट लाभान्वित हुनेछन् । राष्ट्यि खोप कार्यक्रम अन्तर्गत जुम्लामा आई.पि.भी. खोप अभियान संचालन हुदैँ छ । उक्त खोप अभियान अन्तर्गत जुम्लाका आठ वटै स्थानीय तहका बालबालिकालाई पोलियो भाईरस विरुद्दको आईपिभी खोप लगाईने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा बताउँछन् ।

जेठ १३ देखि २६ गते सम्म देशव्यापी रुपमा आईपिभी खोप अभियान संचालन हुनेछ । जुम्लामा दुईचरणमा खोप अभियान संचालन हुनेछ । जसमा पहिलो चरणमा जेठ १३ गतेदेखि १५ गतेसम्म पातारासी,गुठिचौर,चन्दननाथ र तातोपानीमा खोप अभियान संचालन हुनेछ ।

भने दोस्रो चरणमा जेठ १८ गतेदेखि २० गतेसम्म तिला,हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकामा खोप अभियान संचालन हुने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

खोप अभियान अन्तर्गत २०७३ बैशाख देखि २०७५ असोज सम्म जन्मीएका मात्र ५ देखि ८ वर्ष उमेर समुहका ५ हजार ८ सय २८ बालबालिकालाई मात्र आईपिभी खोप लगाईने लक्ष्य राखिएको छ।पोलियो रोग जुनसुकै उमेर समुहकालाई पनि लाग्छ ।

नेपालमा पछिल्लो बिरामी २०६७ भदौ १४ मा देखापरेपनि हालसम्म शून्य छ ।यो सुईबाट लगाउने र मुखबाट ओैषधी खुवाईन्छ ।’ जुम्लामा मंगलबार आईपिभी खोप अभियानबारे खोप समन्वय समिति र पत्रकारहरुसंग छलफल गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जुम्लामा खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि,कर्मचारी,प्रहरी प्रशासन र पत्रकारहरुले सहयोग गर्नु पर्ने बताए ।

शिक्षा विकास तथा समन्वय ईकाईले सबै विद्यालयमा खोप अभियानबारे पत्रकार गरि सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन सहयोग गर्न पनि अनुरोध गरे । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले रोग प्रतिरोधात्मक क्षामता बढाउन खोप अतिनै आबश्यक रहेको बताए ।

पाँच हजार बढी बालबालिका आई.पि. भी.खोप बाट लाभान्वित हुदै

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था