मुग्लिन–नारायणगढ सडक खण्ड : पहिरोमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात


मुग्लिन–नारायणगढ सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । शुक्रवार बिहान साढे तीन बजे पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको सूचना पाउनेबित्तिकै प्रहरीले खोजी गरिरहेको छ ।

दुई वटा बसमा चालकसहित ६० जनाभन्दा धेरै यात्रु रहेको भनिए पनि पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार काठमाडांैबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडांैको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

एन्जल बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु रहेको भन्ने प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजीको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । बेपत्ता बस र यात्रुको खोजीमा सेना र सशस्त्र प्रहरीको गोताखोरसमेत परिचालन गरिएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्ड : पहिरोमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

जुम्ला प्रहरीबाट सुन, चाँदी सहित ठूलो मात्रामा

मुग्लिन–नारायणगढ सडक खण्ड : पहिरोमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

संविधानलाई कमजोर बनाउन दिइँन्न : प्रधानमन्त्री

This will close in 0 seconds